घरमा बिहान बेलुका किन बालिन्छ दियो ?  « Khabarhub

घरमा बिहान बेलुका किन बालिन्छ दियो ? 


१९ भदौ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

हरेक नेपालीका घरमा बिहान बेलुका पूजा कोठामा दियो बाल्ने गरिन्छ र सायद तपाई पनि आफ्नो घरमा बिहान र साँझपख दियो बाल्नु हुन्छ होला । दियोमा बाल्ने बत्तीको आफ्नै महत्त्व छ । त्यसैले त मानिसहरु हरेक मन्दिरमा जाँदा दियो चाहिँ जसरी पनि बाल्ने गर्छन् । 

हिन्दु धर्मका कुनै पनि शुभ कार्यको थालनी गर्नु पूर्व दियो बाल्ने परम्परा हुन्छ। बिहान बेलुका हुने पूजामा पनि दियो बाल्ने परम्परा छ।

हिन्दु धर्मशास्त्रका अनुसार पूजा कोठामा सबै भगवानहरूका फोटो राखेर फल अक्षतासहित दियो बाल्दा आफ्नो मनोकामना पुरा हुने र घरमा सदैव सुख शान्ति र समृद्धि छाउने जनविश्वास छ । दियो भनेको प्रकाश हो । भगवानलाई बालेको दियाले घरलाई पनि उज्यालो प्रदान गर्दछ । दियो भगवानका लागि आफ्ना कुल देवताका लागि र पितृ देवताका लागि समेत बाल्ने गरिन्छ । 

धर्मग्रन्थअनुसार, दियो बाल्दा  शत्रुको नाश हुन्छ भने घरमा सख शान्ति र समृद्धि आउँछ। साथै आफ्ना घरका कुल देवता पनि खुसी हुने गर्छन् । दैनिक रूपमा घरमा दियो बाल्दा आरोग्य अर्थात् स्वास्थ्य राम्रो हुन्छ । यसका साथै धन सम्पत्ति वृद्धि हुन्छ।

हिन्दु धर्म शास्त्रअनुसार दियो बाल्दा यो मन्त्रको उच्चारण गर्दा पापको नाश हुनुका साथै शुभ फल समेत प्राप्ति हुन्छ।

दीपज्योतिस् परब्रह्मस् दीपज्योतिस् जनार्दनस् । दीपोहरतिमे पापं संध्यादीपं नामोस्तुते ।। 

शुभं करोतु कल्याणमारोग्यं सुखं सम्पदां । शत्रुवृद्धि विनाशं च दीपज्योतिस् नमोस्तुति ।।

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  ६ : ३२ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४