पेटको स्क्यान गर्ने उपकरण खरिद गर्न सचिव पोखरेलको निर्देशन | Khabarhub Khabarhub

पेटको स्क्यान गर्ने उपकरण खरिद गर्न सचिव पोखरेलको निर्देशन


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यसै वर्ष पेटको स्क्यान गर्ने उपकरण खरिद गर्न निर्देशन दिएका छन् । क्यान्सर रोग पहिचान तथा निदानका लागि  आवश्यक पर्ने उक्त उपकरण र साइक्लोटोन उत्पादन गर्ने उपकरण  यसै वर्ष  खरिदका लागि प्रक्रिया अघि बढाउन उनले अस्पताललाई निर्देशन दिएका हुन् ।

उक्त अस्पतालको आज निरीक्षणपछि आयोजित परिचयात्मक तथा छलफल कार्यक्रममा सचिव पोखरेलले हाल यस अस्पतालले पूर्णता पाएको अवस्थामा पनि क्यान्सरको उपचारका लागि अति आवश्यक यी दुई  उपकरण  खरिद गर्न नसके कहिले हुने भन्ने प्रश्न गरे । उनले भने, ‘जसरी हुन्छ प्रक्रिया पूरा गरेर आउनुहोस् अनि खरिदका लागि पैसा लैजानुहोस् । हाम्रो खातामा हामी पैसा राख्न चाहँदैनौँ’, चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पताल देशकै महत्वपूर्ण भएको चर्चा गर्दै सचिव पोखरेलले भने, ‘जसरी हामीले यहाँको भरतपुर अस्पताल र क्यान्सर अस्पतालमा खर्च गरेका छौँ त्यसको आउटपुट देखिन्छ ।’

उक्त अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले आफ्नो क्षमताले भ्याएसम्म अस्पतालको हितमा काम गर्ने बताए । त्यसैगरी अस्पतालका अध्यक्ष डा विजयराज न्यौपानेले अस्पतालले हाल पूर्णता पाएको अवस्थामा अब काम गरेर देखाउने दिन आएको छ भने । अस्पतालमा आजको आवश्यकता  भनेको पेटको स्क्यान उपकरण रहेकाले  सबै मिलेर खरिदका लागि  पहल गर्न उनले आग्रह गरे । 

आज कैयौँ बिरामी यसको अभावमा महङ्गो पैसा तिरेर बाहिर उपचार गर्न बाध्य भएको अवस्थामा उक्त उपकरण  ल्याउन सके चितवन मात्र नभएर देशकै गौरवको विषय बन्ने अध्यक्ष न्यौपानेको  भनाइ थियो ।

त्यस अवसरमा क्यान्सर अस्पतालका विभागीय प्रमुख, महाशाखा प्रमुख र  चिनिँया मेडिकल टोलीको सहभागिता थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  १२ : ४३ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध