'सहकारी कानुन कार्यान्वयन नहुँदा स्वेच्छाचारिता बढ्यो' | Khabarhub Khabarhub

‘सहकारी कानुन कार्यान्वयन नहुँदा स्वेच्छाचारिता बढ्यो’


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीका कानुन कार्यान्वयन नभएर सहकारीमा स्वेच्छाचारिता बढेको बताएका छन् । सहकारी पत्रकार समाज आज आयोजना गरेको १३औँ स्थापना दिवस कार्यक्रममा उनले सहकारी कानुनअनुसार सहकारीले घरजग्गामा लगानी गर्न नपाइने व्यवस्था विपरीत लगानी गरेका सहकारीमा पछिल्लोपटक समस्या आएको सुनाए ।

लगातार एउटै कम्पनीले सहकारीको लेखापरीक्षण गर्न नपाउने कानुन कार्यान्वयनका लागि पनि सहकारी अभियानकर्मी र सञ्चारकर्मीको भूमिका हुने उनको भनाइ छ । सहकारी कार्यदलको प्रतिवेदनलाई अन्तिम रुप दिन लागिएको उनले कार्यक्रममा जानकारी दिए ।

सो अवसरमा सहकारी सञ्चारका कार्यकारी सम्पादक हीरा बस्नेतलाई सहकारी क्षेत्रमा उत्कृष्ट समाचार प्रकाशन गरेबापत रु २० हजार राशिको पुरस्कार प्रदान गरिएको थियो । समाजका संस्थापक सदस्य शर्मिला ठकुरीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेल, बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका अध्यक्ष परितोष पौडेल, सहकारी बैंकका निमित्त प्रमुख प्रशासकीय अधिकृत मदन खड्का, समाजका संस्थापक अध्यक्ष यादव हुमागाइँ, पूर्वअध्यक्ष डिल्लीप्रसाद सापकोटा र अध्यक्ष काजीबहादुर श्रेष्ठलगायतले सहकारी क्षेत्रलाई नियमन गर्न सरोकार भएका निकायका समन्वयमा काम गरिनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ५ : २१ बजे

लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण : अर्जुननरसिंह केसी

काठमाडौँ– नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्र बलियो

भोटखोलामा विद्युत्को राष्ट्रिय प्रसारणलाइन जोडियो

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारणलाइन जोडिएको छ

अस्ट्रेलियामा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको

अश्लिल हर्कत गरेको आरोपमा रौतहटमा डेढ दर्जन टिकटकर पक्राउ

गौर- होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटकरलाई नियन्त्रणमा लिई

पाँचखालमा हरित बसोबास योग्य सहरी विकास आयोजना लागू गरिने

काभ्रेपलाञ्चोक–  पाँचखाल नगरपालिकामा हरित बसोबास योग्य सहरी विकास आयोजना लागू