२५ हजार घुससहित विद्युत प्राधिकरण इनरुवाका फोरम्यान पक्राउ « Khabarhub

२५ हजार घुससहित विद्युत प्राधिकरण इनरुवाका फोरम्यान पक्राउ


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

इनरुवा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ हजार रुपैयाँ घुससहित नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई पक्राउ गरेको छ ।

महतोले उद्योगमा विद्युत क्षमतावृद्धि गरिदिएवापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुसबापतको रकम भेटिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए । घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ६ : ४४ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका