भलिबलका राष्ट्रिय खेलाडीले मासिक ५ हजार रुपैयाँ तलब पाउने | Khabarhub Khabarhub

भलिबलका राष्ट्रिय खेलाडीले मासिक ५ हजार रुपैयाँ तलब पाउने


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष तथा महिला भलिबल खेलाडीले मासिक ५ हजार रुपैयाँ तलब पाउने भएका छन् ।

नेपाल भलिबल संघले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरि मासिक पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेको हो । अमेरिकामा रहेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी, व्यवसायी र भलिबल खेलप्रेमीको सहयोगमा संघले पहिलो पटक खेलाडीलाई मासिक पारिश्रमिक जनही ५ हजार वितरण गरेको छ ।

महिला तथा पुरुष राष्ट्रिय टिमका १२–१२ गरी २४ जनाले अब मासिक ५–५ हजार पारिश्रमिक पाउने संघले संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । संघले तीन महिनाको एकमुष्ट तलब जनही १५ हजारका दरले खेलाडीलाई वितरण गरेको उनले बताए ।

संघले यसलाई नेपाली भलिबल इतिहासमै ऐतिहासिक कार्य भएको दाबी गर्दै यसले खेलाडीलाई सहयोग पुग्ने बताएको छ । पहिलो मासिक तलब बुझेपछि खेलाडीहरुले खुसी व्यक्त गरेका छन् । महिला टिमकी कप्तान अरुणा शाहीले पहिलो पटक पारिश्रमिक पाउदा खुशी लागेको बताइन् ।

त्यस्तै, पुरुष टिमका कप्तान मानबहादुर श्रेष्ठले नियमित पारिश्रमिक पाउने कुराले नेपाली भलिबल क्षेत्र थप बलियो हुने विश्वास व्यक्त गरे ।

योसँगै खेलाडीलाई तलब दिने भलिबल संघ चौथो संस्था भएको छ । यसअघि क्रिकेट, फुटबल र बुद्धिचालका खेलाडिले मासिक पारिश्रमिक बुझ्दै आएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ७ : ०८ बजे

रसिया–युक्रेन युद्ध : एक घाइते रोल्पालीको बकपत्र

मेरो घर रोल्पाको लुङग्री गाउँपालिकामा पर्छ । उमेरले म ४४

मधेस प्रदेश लोसपा सांसदीय दलका नेता शर्मा निलम्बित

जनकपुरधाम –  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अभिराम शर्मालाई निलम्बन

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौँ–  काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले

६ जना सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्‌‌को निर्णय

काठमाडौं – सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार

पर्याप्त सुधार गरेर आगामी बजेट ल्याउने तयारीमा छौँ : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट