भलिबलका राष्ट्रिय खेलाडीले मासिक ५ हजार रुपैयाँ तलब पाउने « Khabarhub

भलिबलका राष्ट्रिय खेलाडीले मासिक ५ हजार रुपैयाँ तलब पाउने


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष तथा महिला भलिबल खेलाडीले मासिक ५ हजार रुपैयाँ तलब पाउने भएका छन् ।

नेपाल भलिबल संघले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरि मासिक पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेको हो । अमेरिकामा रहेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी, व्यवसायी र भलिबल खेलप्रेमीको सहयोगमा संघले पहिलो पटक खेलाडीलाई मासिक पारिश्रमिक जनही ५ हजार वितरण गरेको छ ।

महिला तथा पुरुष राष्ट्रिय टिमका १२–१२ गरी २४ जनाले अब मासिक ५–५ हजार पारिश्रमिक पाउने संघले संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । संघले तीन महिनाको एकमुष्ट तलब जनही १५ हजारका दरले खेलाडीलाई वितरण गरेको उनले बताए ।

संघले यसलाई नेपाली भलिबल इतिहासमै ऐतिहासिक कार्य भएको दाबी गर्दै यसले खेलाडीलाई सहयोग पुग्ने बताएको छ । पहिलो मासिक तलब बुझेपछि खेलाडीहरुले खुसी व्यक्त गरेका छन् । महिला टिमकी कप्तान अरुणा शाहीले पहिलो पटक पारिश्रमिक पाउदा खुशी लागेको बताइन् ।

त्यस्तै, पुरुष टिमका कप्तान मानबहादुर श्रेष्ठले नियमित पारिश्रमिक पाउने कुराले नेपाली भलिबल क्षेत्र थप बलियो हुने विश्वास व्यक्त गरे ।

योसँगै खेलाडीलाई तलब दिने भलिबल संघ चौथो संस्था भएको छ । यसअघि क्रिकेट, फुटबल र बुद्धिचालका खेलाडिले मासिक पारिश्रमिक बुझ्दै आएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ७ : ०८ बजे

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले

हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा– डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि