भलिबलका राष्ट्रिय खेलाडीले मासिक ५ हजार रुपैयाँ तलब पाउने | Khabarhub Khabarhub

भलिबलका राष्ट्रिय खेलाडीले मासिक ५ हजार रुपैयाँ तलब पाउने


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष तथा महिला भलिबल खेलाडीले मासिक ५ हजार रुपैयाँ तलब पाउने भएका छन् ।

नेपाल भलिबल संघले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरि मासिक पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेको हो । अमेरिकामा रहेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी, व्यवसायी र भलिबल खेलप्रेमीको सहयोगमा संघले पहिलो पटक खेलाडीलाई मासिक पारिश्रमिक जनही ५ हजार वितरण गरेको छ ।

महिला तथा पुरुष राष्ट्रिय टिमका १२–१२ गरी २४ जनाले अब मासिक ५–५ हजार पारिश्रमिक पाउने संघले संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । संघले तीन महिनाको एकमुष्ट तलब जनही १५ हजारका दरले खेलाडीलाई वितरण गरेको उनले बताए ।

संघले यसलाई नेपाली भलिबल इतिहासमै ऐतिहासिक कार्य भएको दाबी गर्दै यसले खेलाडीलाई सहयोग पुग्ने बताएको छ । पहिलो मासिक तलब बुझेपछि खेलाडीहरुले खुसी व्यक्त गरेका छन् । महिला टिमकी कप्तान अरुणा शाहीले पहिलो पटक पारिश्रमिक पाउदा खुशी लागेको बताइन् ।

त्यस्तै, पुरुष टिमका कप्तान मानबहादुर श्रेष्ठले नियमित पारिश्रमिक पाउने कुराले नेपाली भलिबल क्षेत्र थप बलियो हुने विश्वास व्यक्त गरे ।

योसँगै खेलाडीलाई तलब दिने भलिबल संघ चौथो संस्था भएको छ । यसअघि क्रिकेट, फुटबल र बुद्धिचालका खेलाडिले मासिक पारिश्रमिक बुझ्दै आएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ७ : ०८ बजे

विशेष आर्थिक क्षेत्रले अहिलेसम्म कति पायो बजेट ?

काठमाडौं – नेपालमा बस्तु तथा सेवा उत्पादन गरी विदेशीलाई बेचेर

ताप्लेजुङमा धान उत्पादनमा वृद्धि

ताप्लेजुङ– यस वर्ष ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ ।

सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं– नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती आज

सातजना प्रहरी अधिकृत दर्ज्यानी चिह्नबाट सुशोभित

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस ५ गतेको निर्णयअनुसार प्रहरी

रवि लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री