सुशासन कायम गर्ने मामिलामा सदन र सरकार मिलेर काम गरौँ : मन्त्री अनिता देवी « Khabarhub

सुशासन कायम गर्ने मामिलामा सदन र सरकार मिलेर काम गरौँ : मन्त्री अनिता देवी


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी साहले संसदीय समितिले ऐन कानुन निर्माणमा संविधानको मर्म र भावनाअनुरुप सबै पक्ष र समुदायलाई समेट्न कोसिस गर्नुपर्ने आवश्यकता रहेको बताएकी छिन् ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले कानुन निर्माणका क्रममा विगतका भोगाइ र असल अभ्यासको अनुशरण गर्दै राज्य व्यवस्था सञ्चालनमा सुशासन कायम गर्न एकजुट भएर काम गर्न आवश्यक रहेको बताइन् ।

समिति सभापति रामहरि खतिवडाले मुलुकमा भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्ने सन्दर्भमा संसदीय समितिका सदस्यले दलभन्दा माथि उठेर उदाहरण प्रस्तुत गर्न आवश्यक रहेको बताए । उनले भने, “जातजाति, समुदाय, धर्म र दलभन्दामाथि जनहित र राष्ट्रका लागि काम गरौँ, त्यसका लागि असल अभ्यास र उपयुक्त वातावरण बनाऔँ ।”

समितिका सदस्यहरूले मुलुकका केही भागमा देखिएका घटनाबाट नेपाली समाजमा सदियौँदेखि रही आएको सद्भावना बिथोल्न खोज्ने प्रयास भएकाले त्यसप्रति सजग रहन आग्रह गरे । उनीहरुले मुलुक भ्रष्टाचारको दलदलमा भासिने सासद र सांसद रमिते बन्ने परिस्थिति अन्त्य गर्न पहलकदमीको खाँचो औँल्याए ।

जनताले अनुभूति गर्ने गरी देश र जनताका पक्षमा संसद् र संसदीय समितिले काम गर्न जरुरी रहेको बताउँदै सदस्यहरूले सङ्घीय निजामती, प्रहरी र शिक्षासम्बन्धी विधेयकलाई छिटो निकास दिनु आवश्यक रहेको बताएका थिए ।

सुशासन र कानुनी राज्यको अनुभूति दिलाउनुपर्ने कयौँ निकायबाट हुने निर्णयले पूर्वाधार निर्माणलगायत विकास कार्यक्रममा बाधा उत्पन्न गराएको पक्षलाई ससदले कानुन निर्माणका क्रममा विशेष ध्यान पुर्‍याउन सदस्यले सुझाव दिए । बैठकमा सदस्यले समितिको प्रभावकारिता र सभापति खतिवडालाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ७ : २२ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर