जलवायु परिवर्तनको मुद्दामा चीन र अमेरिकाबीच समान धारणा बन्ने दाबी « Khabarhub

जलवायु परिवर्तनको मुद्दामा चीन र अमेरिकाबीच समान धारणा बन्ने दाबी


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी जलवायु दूत जोन केरीले केन्यामा आयोजना हुने ऐतिहासिक शिखर सम्मेलनमा वासिङ्टन र बेइजिङले ग्लोबल वार्मिङविरुद्धको लडाइँमा ‘एकसाथ आउन सक्ने’ आशा व्यक्त गरेका छन् ।

“विश्वका दुई ठूला अर्थव्यवस्था र उत्सर्जक, चीन र संयुक्त राज्य अमेरिका, जलवायु परिवर्तनको मुद्दामा एकसाथ आउन सक्छौं,” केरीले पत्रकारहरूसँग भने ।

“यो द्विपक्षीय मुद्दा होइन विश्वव्यापी मुद्दा हो । जलवायु परिवर्तनको समस्या के हो र यसबाट पृथ्वीका लागि विश्वव्यापी खतरा छ भन्ने हामीले बुझेका छौँ । समस्याको पहिचान भएको छ । छिट्टै निराकरणका लागि वातावरण बन्नेछ ।”

अफ्रिका जलवायु शिखर सम्मेलनले यस वर्षको अन्त्यमा दुबईमा कोप २८ बैठक अघि १.४ अर्ब जनसङ्ख्या भएको महाद्वीपमा हरित विकासको लागि साझा दृष्टिकोण परिभाषित गर्ने लक्ष्यका साथ अफ्रिकी नेताहरूलाई समान धारणा बनाउने अवसर दिएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुखले संयुक्त राज्य अमेरिका र चीनलाई आफ्ना मतभेदहरूलाई अलग राख्न र जलवायु परिवर्तनमा समान धारणा बनाउन दवाब दिएपछि केरीको टिप्पणी आएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ८ : ३२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु