एमाले महासचिव पोखरेल र सीपीसीका नेता युआनबीच भेटवार्ता « Khabarhub

एमाले महासचिव पोखरेल र सीपीसीका नेता युआनबीच भेटवार्ता


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चीन भ्रमणमा रहेका नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का पोलिटब्युरो सदस्य युआन च्याचुनसँग भेटवार्ता गरेका छन् । छोङछिङमा मंगलबार उनीहरुबीच भेटवार्ता भएको हो ।

पोखरेल र युआनबीच दुवै देशको सम्बन्धलाई अघि बढाउने विषयमा छलफल भएको बताइएको छ । पोखरेलले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चीनसँग भएको व्यापार तथा पारवहन सम्झौताले नेपालको राष्ट्रिय स्वाधिनता र गौरवमा वृद्धि गरेको जनाएका थिए । साथै उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा भएको सम्झौता कार्यान्वयनको विषय उठाएका थिए । उक्त विषयमा युआनले सकारात्मक जवाफ दिएको भ्रमण टोलीका एक सदस्यले बताए ।

भेटमा पोलिटब्युरो सदस्य युआनले गत साउनमा गरेको नेपाल भ्रमणको स्मरण गरे । उनले नेपालीमा तीव्र आर्थिक विकासको चाहाना पाएको समेत बताए ।

एमाले महासचिव पोखरेलको नेतृत्वको २२ सदस्यीय टोली १३ दिने चीन भ्रमण छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ८ : ५५ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी