मोटरसाइकल चोरीमा संलग्न दुई जना काठमाडौंबाट पक्राउ « Khabarhub

मोटरसाइकल चोरीमा संलग्न दुई जना काठमाडौंबाट पक्राउ


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई काठमाडौं महानगरपालिका १६ बालाजु स्थित चप्पलकारखानाबाट मंगलबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

नुवाकोटको सुर्यगढी गाउँपालिका २ घर भइ हाल काठमाडौँको लोलाङ बस्ने ४५ वर्षीय दिपेन्द्र तामाङ र नुवाकोटकै लिखु गाउँपालिका २ घर भइ काठमाडौँको बाइपास बस्ने २८ वर्षीय सन्तोष घलेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

गत जेठ २ गते काठमाडौंको मनमैजुबाट बागमती प्रदेश ०२-०२७ प ७५ ८० नम्बरको र गत जेठ २९ गते काठमाडौंकै टोखा नगरपालिका १ झोरबाट बागमती प्रदेश ०२-०२२ प ४४ ५४ नम्बरको २ सय २० सि।सि।को पल्सर मोटरसाइकल हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेको थियो।

उक्त मोटरसाइकलहरु खोज्दै जाने क्रममा वास्तविक नम्बर परिवर्तन गरि प्रदेश ३-०२-००७ प ३३ ९९ नम्बर राखी चलाइरहेको अवस्थामा दिपेन्द्र तामाङलाई र बागमती प्रदेश ०२-०१८ प ०००८ नम्बर राखि चलाइरहेको अवस्थामा सन्तोष घलेलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍ईकाइबाट खटिएको टोलीले मोटरसाइकल सहित फेला पारी आज दिउँसो नियन्त्रणमा लिएको हो। नियन्त्रणमा आएका तामाङलाई प्रहरी वृत्त बालाजु र घलेलाई प्रहरी वृत्त महाराजगंजमा थप अनुसन्धान तथा कारबाहीका लागी पठाईएको छ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ९ : २४ बजे

कुलमानले गरे मतदान (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर

कमल थापाले गरे मतदान 

काठमाडौं– राप्रपा नेता तथा काठमाडौं -५ का उम्मेदवार कमल थापाले

झापा पुगेर कांग्रेस उपसभापति शर्माले गरे मतदान

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्

जनार्दन शर्माले मुसिकोट पुगेर गरे मतदान

काठमाडौं – गतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुमपश्चिम पुगेर

एमाले महासचिव शंकर पोखरेलले गरे मतदान

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मतदान गरेका छन्