विराटनगरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

विराटनगरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

विराटनगर-  कलेज बसको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–१० मा रहेको नेशनल एकेडेमी कलेजको बसले ठक्करबाट रंगेली नगरपालिका–१ का ६२ वर्षीय गणेश श्रेष्ठको मृत्यु भएको हो।

प्रहरीका अनुसार सोमबार विराटनगर १३ स्थित मुख्यमन्त्री निवास अगाडिको भित्री सडक खण्डमा विद्यार्थी पुर्‍याएर फर्कने क्रममा कलेज बसले ठक्कर दिएको थियो।

ग १ ख ७६९९ नम्बरको बसले ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए। ठक्कर दिने बस र चालक विराटनगर ३ का ५६ वर्षीय दलबहादुर कार्कीलाई पक्राउ गरेको उनले बताए।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ९ : ३६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु