जसपामा महाधिवेशन प्रतिनिधि बन्न सङगठन र समिति अद्यावधिक हुनुपर्ने « Khabarhub

जसपामा महाधिवेशन प्रतिनिधि बन्न सङगठन र समिति अद्यावधिक हुनुपर्ने


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी, (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम सङ्गठन र समितिहरू अद्यावधिक भएको हुनुपर्ने भएको छ ।

अद्यावधिक नभएका कुनै पनि सङ्गठन र समितिबाट महाधिवेशनको प्रतिनिधि हुन नपाइने तथा केन्द्रीय समिति महाधिवेशन आयोजक भए पनि स्वतः महाधिवेशन प्रतिनिधि हुने यसअघिको व्यवस्थालाई नयाँ विधानले हटाएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार पार्टीका केन्द्रीय समिति सदस्यहरू पनि तल्लो समिति वा सङगठनबाटै निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने छ । सङ्गठन र समितिलाई नयाँ विधानबमोजिम अद्यावधिक गर्नका लागि पार्टीले तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरेको जनाइएको छ ।

सङ्गठन र समिति पुनर्गठन र रूपान्तरण कार्य सम्पन्न भएसँगै पार्टी महाधिवेशनको प्रक्रियामा अगाडि बढ्ने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  १० : ३० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना