डेंगु भएको कसरी थाहा पाउने ? | Khabarhub Khabarhub

डेंगु भएको कसरी थाहा पाउने ?

डेंगु संक्रमण रोकथामका १० उपाय


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

विस्तारै चिसो बढ्दै गए पनि डेंगु संक्रमितको संख्या बढ्नेक्रम रोकिएको छैन। केही समययता नेपालभर डेंगु संक्रमितको संख्या बढिरहेको छ। यसका साथै मृत्यु हुनेको संख्या पनि बढ्दो रुपमा नै रहेको छ। डेंगु लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको किटजन्त्य सरुवा रोग हो। एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु हो। डेंगु संक्रमण भनेको के हो ? डेंगु हामीलाई नलागोस् भनेर के गर्ने ? डेंगुबाट कसरी बच्ने वा बच्ने उपाय के कस्ता छन् ? यी र यस्तै विषयमा आधारित रहेर सरुवा रोग विशेषज्ञ डा.चन्दन ठाकुरसँग खबरहबका लागि गरिएको कुराकानीको सम्पादित अंश :

डेंगु संक्रमण सामान्य ज्वरो मात्र हो ?
डेंगु संक्रमण एक प्रकारको लामखुट्टेको टोकाइबाट हुने रोग हो। डेंगु ज्वरो पाँचदेखि सात दिनसम्म रहनसक्छ। डेंगु लागेमा मानिसको रक्तकोष घट्न गएर रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ। जसले गर्दा मानिस कमजोर हुने र सिकिस्त हुने हुन्छन्। डेंगु ज्वरो तीन प्रकारको हुन्छ। जसमा सामान्य डेंगु ज्वरो, हेमोरेजिक र सक सिन्ड्रोम। हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ। सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ।

आफूलाई डेंगु भएको कसरी थाहा पाउने ?
लगातार ज्वरो आउने र ज्वरो १०४ सम्म जाने हुन्छ। तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आउछ। डेंगु ज्वरो आउँदा शरीरको तापक्रम बढ्छ। यसकासाथै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने, रातोरातो बिमिरा देखिने हुन्छ। यस्तो भयो भनेर दुखाई कम गर्ने वा लट्याउने खालका औषधिको सेवन गरेर बस्नु हुँदैन। तुरुन्त अस्पतालमा जानुपर्छ।

डेंगुका अन्य लक्षण ?
डेंगुको संक्रमणको सुरूका दिनमा एक्कासी उच्च ज्वरो आउने, आँखा रातो हुने र दुख्ने हुन्छ। टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी दुख्ने, फ्लुजस्तो लक्षण देखिने र शरीरमा आलस्य हुने लगायतका लक्षणहरू देखा पर्छन्। यसका साथै गिँजा तथा आन्द्राबाट रक्तश्राव हुने, लगातार वान्ता हुने, वान्तामा रगत देखिने, कालो दिसा हुने, अत्यधिक तिर्खा लाग्ने कमजोरी महसुस हुने हुन्छ। डेंगु संक्रमण हुँदा रगतमा पानीको मात्रा कम भएर रक्तचाप कम हुँदा डेंगु बिरामी सिकिस्त भएर बेहोस हुनेसम्म हुनसक्छन्।

डेंगु सर्ने माध्यम के हुन् ?
यो भाइरस डेंगु संक्रमित भएको व्यक्तिलाई यदि कुनै लामखुट्टेले टोक्यो र त्यही लामखुट्टेले सामान्य व्यक्तिलाई टोक्यो भने डेंगु सर्छ। कुनै व्यक्तिलाई बाघे लामखुट्टेले टोके लगत्तै अर्को व्यक्तिलाई टोक्यो भने सर्छ। यो भाइरस एक अर्कोमा सामान्य रुपमा हात मिलाउँदैमा, अंगालो मार्दैमा र सँगै खाना खाँदैमा सर्दैन।

डेंगू संक्रमण भइहालेमा ध्यान दिनुपर्ने कुरा के हुन् ?
यसमा ज्वरो आउँदा प्यारासिटामोल मात्र खाँदा हुन्छ। तर बिरामी आफैलाई धेरै गाह्रो भएर फ्लेक्सनहरु किनेर खानु हुँदैन। डेंगुको ज्वरो सामान्यतया पाँचदेखि सात दिनमा आफै सन्चो भएर जान्छ। आफ्नै घरमा फलफूल, रोटी, साग, तरकारी खाने, झोलिलो खाना खाने, आफूलाई धेरै नै गाह्रो भयो भने अस्पताल गएर रगतको परीक्षण गर्नुपर्छ। अरु कुनै पनि धेरै औषधि खानु हुँदैन।

डेंगुको रोकथामका उपाय
– डेंगुबाट बच्ने पहिलो उपाय भनेको नै लामखुट्टेको टोकाईबाट बच्ने हो।
– पानी जम्न सक्ने भाँडा बाहिर नराख्ने।
– पानीको ट्याङ्कीमा लामखुट्टे पस्न नदिने गरी राम्ररी ढाकेर वा बिर्को लगाएर राख्नुपर्छ।
– फूलदानी वा गमलामा रहेको पानी हप्तामा दुई पटक फेर्नुपर्छ।
– राति र दिउँसो पनि झुलभित्र सुत्नुपर्छ।
– घरका झ्याल ढोकामा सकेसम्म जाली लगाउनु उपयुक्त हुन्छ।
– लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने धुप र मल्हम लगाउन सकिन्छ।
– दिउँसो बाहिर हिँड्दा पनि टोक्ने हुँदा पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनुपर्छ।
– सबै मिलेर आफ्नो घर वरीपरी मात्र होइन समुदाय, समाजलाई पनि सफा राख्नुपर्छ।
– घर नजिकै भएका पानी जम्ने खाल्डा पुर्नुपर्छ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ७ : ०९ बजे

लिङदेनले लगाए ओलीलाई ९ आरोप, प्रधानमन्त्रीजी नांगै हुनुहुन्छ !

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ०७९ को चुनावमा

प्रचण्ड मौन बसेपछि संसद्‍बाट विपक्षीले घेर्न सकेनन् सरकारलाई

काठमाडौं– संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ ।

पाकिस्तानमा सैन्य कारबाहीमा १० आतङ्ककारी मारिए

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा

प्रविधिलाई आधार बनाउँदै अघि बढ्नु आजको आवश्यकता : पूर्वराष्ट्रपति भण्डारी

सुनसरी – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु

एकीकृत समाजवादीकाे स्थायी कमिटी बैठक आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही माघ २८