द्रौपदीले पाँच पति किन पाइन् ? « Khabarhub

द्रौपदीले पाँच पति किन पाइन् ?


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

महाभारतका अनुसार द्रौपदी पाञ्चाल देशका राजा द्रुपदकी छोरी हुन् । उनी पञ्चकन्या मध्ये एक हुन् । उनलाई चिर–कुमारी पनि मानिन्थ्यो  कृष्णेयी, यज्ञसेनी, महाभारती, सैरंध्री, पाञ्चाली, अग्निसुता आदि अन्य नामबाट पनि उनी परिचित छिन् ।

द्रौपदी जब विवाह योग्य भइन् उनका पिताले उनको स्वयंवर आयोजना गरे । उक्त आयोजनामा अर्जुनले ब्राह्मणको भेषमा भाग लिए र माछाको आँखामा तिर हानेर स्वयंवर जिते ।

त्यस बेला अर्जुनका पाँच दाजुभाइ आफ्नी आमा कुन्तिको साथमा ब्राह्मण भेषमा बस्ने गर्दथे ।

उनीहरूले भिक्षा लिएर आउँथे र सबै माता कुन्तिलाई दिने गर्दथे । माता कुन्ति उक्त भिक्षा पाँचै भाइलाई बराबर भाग लगाइदिन्थिन् ।

जब स्वयंवर पछि अर्जुन र भीम द्रौपदीलाई लिएर घर आए । उनीहरूले माता कुन्तिलाई भने, ‘माता कुन्ति ! हामीले भिक्षामा आज के लिएर आएका छौँ बाहिर आउनुहोस् त !’

माता कुन्ति भित्र काममा व्यस्त भएकाले बाहिर नआई भित्रैबाट भनिन्– ‘जे ल्याएका छौ, पाँचै भाइले मिलेर उपभोग गर ।’

पाँच पाण्डव माताको आदेश सदैव पालना गर्दथे । सोही आदेश अनुसार द्रौपदी पाँच भाइकी पत्नी बन्न पुगिन् ।

यस्तै, एक दिन राजा द्रुपदले एक सभा आयोजना गरे । जसमा महाऋषि ब्यास र श्रीकृष्ण उपस्थित भएका थिए । राजाले एक स्त्रीको पाँच श्रीमान् हुनु धर्मको विपरित रहेको बताए ।

यसमा महाऋषि व्यासले भने– ‘द्रौपदीको पूर्वजन्ममा भगवान शिवसँग पाँच पति पाउने वर मिलेको थियो, त्यसैले यसलाई अनर्थ मान्नु जरुरी छैन ।’

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ७ : १३ बजे

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका