द्रौपदीले पाँच पति किन पाइन् ? « Khabarhub

द्रौपदीले पाँच पति किन पाइन् ?


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

महाभारतका अनुसार द्रौपदी पाञ्चाल देशका राजा द्रुपदकी छोरी हुन् । उनी पञ्चकन्या मध्ये एक हुन् । उनलाई चिर–कुमारी पनि मानिन्थ्यो  कृष्णेयी, यज्ञसेनी, महाभारती, सैरंध्री, पाञ्चाली, अग्निसुता आदि अन्य नामबाट पनि उनी परिचित छिन् ।

द्रौपदी जब विवाह योग्य भइन् उनका पिताले उनको स्वयंवर आयोजना गरे । उक्त आयोजनामा अर्जुनले ब्राह्मणको भेषमा भाग लिए र माछाको आँखामा तिर हानेर स्वयंवर जिते ।

त्यस बेला अर्जुनका पाँच दाजुभाइ आफ्नी आमा कुन्तिको साथमा ब्राह्मण भेषमा बस्ने गर्दथे ।

उनीहरूले भिक्षा लिएर आउँथे र सबै माता कुन्तिलाई दिने गर्दथे । माता कुन्ति उक्त भिक्षा पाँचै भाइलाई बराबर भाग लगाइदिन्थिन् ।

जब स्वयंवर पछि अर्जुन र भीम द्रौपदीलाई लिएर घर आए । उनीहरूले माता कुन्तिलाई भने, ‘माता कुन्ति ! हामीले भिक्षामा आज के लिएर आएका छौँ बाहिर आउनुहोस् त !’

माता कुन्ति भित्र काममा व्यस्त भएकाले बाहिर नआई भित्रैबाट भनिन्– ‘जे ल्याएका छौ, पाँचै भाइले मिलेर उपभोग गर ।’

पाँच पाण्डव माताको आदेश सदैव पालना गर्दथे । सोही आदेश अनुसार द्रौपदी पाँच भाइकी पत्नी बन्न पुगिन् ।

यस्तै, एक दिन राजा द्रुपदले एक सभा आयोजना गरे । जसमा महाऋषि ब्यास र श्रीकृष्ण उपस्थित भएका थिए । राजाले एक स्त्रीको पाँच श्रीमान् हुनु धर्मको विपरित रहेको बताए ।

यसमा महाऋषि व्यासले भने– ‘द्रौपदीको पूर्वजन्ममा भगवान शिवसँग पाँच पति पाउने वर मिलेको थियो, त्यसैले यसलाई अनर्थ मान्नु जरुरी छैन ।’

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ७ : १३ बजे

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

झापा– मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न

सूर्यविनायक–धुलिखेल सडक निर्माण सुस्त (तस्बिरहरू)

भक्तपुर– भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा विस्तार भइरहेको सडक

हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि

वासिङ्टन – प्राणघातक ‘हान्टाभाइरस’ को चपेटामा परेको क्रुज पानीजहाज ‘एमभी

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा