एकदिवसीय विश्वकप क्रिकेट आजदेखि सुरु हुँदै « Khabarhub

एकदिवसीय विश्वकप क्रिकेट आजदेखि सुरु हुँदै


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । एकदिवसीय विश्वकप १३औँ संस्करणको भारतस्थित नरेन्द्र मोदी स्टेडियममा उद्घाटन हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र न्युजिल्याण्ड भिड्ने छन् । सो खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । इङ्ल्यान्ड साविक विजेता टोली हो भने न्युजिल्याण्ड उपविजेता टोली हो ।

विश्वकपका खेलहरू भारतका १० वटा सहर– अहमदाबाद, धर्मशाला, नयाँ दिल्ली, मुम्बई, पुने, चेन्नाई, हैदराबाद, कोलकाता, लखनउ र बेङ्लोरमा हुनेछन् ।

विश्वकपमा भारत, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ग्ल्यान्ड, नेदरल्याण्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० वटा देश सहभागी छन् ।

राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा सबै देशले एक अर्कासँग खेल्नेछन् । प्रतियोगितामा १० वटा टोलीबीच ४८ खेल हुनेछ । शीर्ष चारमा पर्ने देश सेमिफाइनलमा पुग्नेछन् । 

प्रतियोगिता नोभेम्बर १९ तारिखसम्म चल्नेछ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ७ : ५५ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका