‘कोरला नाका सञ्चालन अघि सडक स्तरोन्नति आवश्यक’ | Khabarhub Khabarhub

‘कोरला नाका सञ्चालन अघि सडक स्तरोन्नति आवश्यक’


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरला नाका खोल्ने सरकारको तयारी रहेको बताएका छन् ।

तिब्बत र मुस्ताङको सीमामा रहेको पिल्लर नम्बर २४ को स्थलगत निरीक्षणका क्रममा उनले सडक स्तरोन्नतिको आवश्यकता रहेको बताए । उनले नाका खोल्ने तयारी भइरहँदा भौतिक संरचना र सडक स्तरोन्नतिमा जोड दिनुपर्ने बताए ।

उनले भने, ‘तिब्बततर्फ भौतिक संरचनाहरू निर्माण भइसकेको देखिन्छ, हाम्रो तर्फ पनि आवश्यक संरचना छिटो निर्माण गर्नुपर्छ ।’ उनले संरचना नहुँदा भोलि समस्या आउन सक्ने बताए ।

मुख्यमन्त्री पाण्डेले इमिग्रेसन, सुरक्षा चेकजाँच, भन्सार सञ्चालन गर्न भौतिक संरचना जरुरी पर्ने बताए । अहिले रहेको भन्सार र सुरक्षा चेकपोष्ट पिल्लर भन्दा नौ किलोमिटर तल रहेको छ ।

उनले नाकासम्म पुग्ने सडक स्तरोन्नति गरेर नियमित सवारी आउजाउ गर्न सक्ने व्यवस्था मिलाउन सरकारको ध्यान केन्द्रित रहेको बताए । कोरला नाकासम्मको सडक संघ सरकारको गौरवको योजना रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारले सहकार्य गरेको प्रष्ट पारे ।

निर्माण व्यवसायीको ढिलासुस्तीले सडक निर्माणको काम सुस्त रहेको जनाउँदै उनले छिटो काम सम्पन्न गर्न प्रदेश सरकारले दबाब सिर्जना गर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो चीन भ्रमणका क्रममा दुई देशबीच कोरला नाका खोल्ने विषयमा सकारात्मक छलफल भए पनि कहिले खुल्छ भन्ने यकिन भएको छैन ।

सीमा नाका निरीक्षणका क्रममा नाका र प्रदेशको सुरक्षा संवेदनशीलता, नाका खुल्दा र नखुल्दा आउन सक्ने चुनौती, समाधानका उपाय, स्थानीयको आवश्यकता लगायतका विषयमा प्रदेश स्तरीय सुरक्षा समिति र मुस्ताङ जिल्ला स्तरीय सुरक्षा समितिबीच छलफल भएको थियो ।

नाका निरीक्षणमा मुख्यमन्त्री पाण्डे, प्रतिनिधिसभा सदस्य योगेश गौचन, प्रदेशसभा सदस्य नाम्डु गुरुङ, बिकल शेरचन लगायत सहभागी थिए ।

यस्तै, गण्डकी प्रदेशका प्रमुख सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, सुरक्षा निकायका प्रदेश प्रमुखहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सहितको टोलीले सीमावर्ती क्षेत्रको १० भन्दाबढी गाउँमा पुगेर स्थानीयसँग अन्तरक्रिया गरेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  १० : ४० बजे

बर्दिबासमा खानेपानी चोरेर वर्षौँदेखि उद्योग सञ्चालन

महोत्तरी– पछिल्लो समय  बर्दिबासमा पानीको समस्या बढिरहेको बेला वर्षौँदेखि पानी

दुर्गम गाउँहरू सुगम हुँदा नागरिक हर्षित

धनकुटा– आफ्नो विकट क्षेत्रमा दुई जिल्ला जोड्ने कालोपत्र सडक सञ्जालले

देशलाई अघि बढाउन सुरक्षा नीति आवश्यक छ

तपाईंले जति पर्यटनको व्यापार गर्नुहुन्छ त्यहाँ ९० प्रतिशत सामान विदेशबाट

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

वालिङ– स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता

एमाले पदयात्राको नवौँ दिन, आज आरुघाट आइपुग्ने

पोखरा– नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्रा आज आरुघाटक, गोरखा