बझाङ भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

बझाङ भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार बझाङ र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि निर्देशन दिएका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२औँ बैठकलाई आज सम्बोधन गर्दै उनले मानवीय र भौतिक क्षतिको राहत र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिए । 

प्रधानमन्त्री दाहालले सो अवसरमा प्राकृतिक विपद्ले सिर्जना गरेको सङ्कटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बताए । 

उनले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनःस्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गरे । उनले हालसम्म भएको उद्धार, राहत र व्यवस्थापनमा पहलकदमीका लागि सम्बन्धित सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले प्रभावित जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आर्थिक तथा अन्य सहयोगको लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए । 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ११ : २३ बजे

धरानमा भोक लाग्यो ? हाजिर छ भोकलाग्योडटकम !

काठमाडौं – धरानमा भोक लाग्यो, तर रेस्टुराँ धाउने समय छैन

नागरिकका अधिकार गुम्ने गतिविधि स्वीकार्य हुँदैन : गृहमन्त्री 

लुम्बिनी– गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा, लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि

नगर प्रहरीको काम सडकमा आतंक मच्चाउने होइन : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका नगर प्रहरीले सडकमा

प्रधानमन्त्री भन्छन्- किड्नी ट्रान्सप्लान्ट नभएको भए साउनमा मेरो १८ औँ पुन्यतिथि हुन्थ्यो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशमा व्यवस्थासँगै जनताको अवस्थामा

संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्छ : सभामुख घिमिरे

गण्डकी – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को भूमिका प्रभावकारी हुनुपर्ने