चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तिव्रता | Khabarhub Khabarhub

चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तिव्रता


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

लमजुङ– चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तिव्रता दिन थालिएको छ । जिल्ला अनुगमन टोलीले लमजुङका विभिन्न पसलमा दिनहुँजसो अनुगमन थालेको हो ।

अनुगमनको क्रममा मंगलबार बेसीशहर बजारका १२ वटा पसलहरू अनुगमन गरेको थियो । बेँसीसहर ७ पुरानो बैक चोक देखि भिमसेन स्थान सम्मका यटीका पसलमध्य ५ वटा स्टोर्स, २ वटा फ्रेस हाउस, २ वटा किराना एण्ड तरकारी पसल, १ वटा किराना पसल, १ वटा वर्डस, १ वटा मसला उद्योग अनुगमन गरिएको थियो । अधिकांश पसल मापदण्डविपरीत भेटिएको छ। 

अनुगमन क्रममा दर्ता विना सञ्चालन भएका, म्याद गुज्रेका खाद्य सामाग्री र लेभलिङ नम्वर मेटिएको, इजाजत पत्र नलिई बिक्री वितरण गरिएको ४ वटा किराना तथा फलफूल पसल, मासु पसल र किराना पसललाई कारवाही स्वरुप जरिवाना गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापाले बताइन्। उनका अनुसार ४ वटा पसलबाट ११ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

अनुगमनमा अधिकांश पसलहरूमा मूल्यसुची नराखेको पाइएकाले मूल्यसूची राख्न निर्देशन दिइएको प्रमुख थापाले बताइन्। उपभोग्य मिति भएको मात्र खाद्य सामाग्री विक्री वितरण गर्न तथा मुल्य सुची अपडेट गर्न सुझाव दिइएको छ । यस्तै लेभलिङ भएका खाद्य सामाग्री मात्र बिक्री वितरण गर्न, दर्ता विना सञ्चालन नगर्न, व्यवस्थित रुपमा खाद्य र अखाद्य समाग्रीहरु छुट्छुटै राख्न, म्याद गुज्रेका खाद्य सामाग्री बिक्री वितरण नगर्ना, ईजाजतपत्र लिएर मात्र सुर्तिजन्य पदार्थ र चुरोट बिक्री वितरण गर्न, सरसफाइमा ध्यान दिन, दर्ता प्रमाणपत्र र व्यवसायको पूजी मिलाउन सुझाव दिइएको छ ।

उक्त अनुगमनमा पर्यटन तथा उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापाको नेतृत्वमा अनुगमन गरिएको हो । जिल्ला अनुगमन टोलीले असोज महिनामा मात्रै ४ पटक ५४ वटा पसलको अनुगमन गरेको थियो भने साउन महिनामा २ पटक बजार अनुगमन गरिसकेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  १२ : ३४ बजे

प्रधानमन्त्री दाहाल र अमेरिकी सुरक्षापरिषदकी निर्देशकबीच भेटवार्ता

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनकी

बाँकेको दशगजाका ७१ सीमास्तम्भको मर्मत सुरु

बाँके– बाँकेको जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको मर्मतसम्भार र

चिसोले जमेको म्याग्दीको पञ्चकुण्ड तालमा रमाउँदै पर्यटक

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’

एस्टन भिल्लासँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग साविक विजेता म्यानचेस्टर

पुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सव हुने

पोखरा– कास्कीको लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ५ देखि