कोरला नाका सञ्चालनको तयारी : मुख्यमन्त्री पाण्डे | Khabarhub Khabarhub

कोरला नाका सञ्चालनको तयारी : मुख्यमन्त्री पाण्डे


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङमा रहेको कोरला नाका सञ्चालनको तयारी भएको बताएका छन् । तिब्बत र मुस्ताङको सिमानामा रहेको पिल्लर नं २४ मा पुगेर बुधबार स्थलगत निरीक्षण गरेपछि उनले तिब्बततर्फ भौतिक संरचनाहरू निर्माण भइसकेको देखिएको तर मुस्ताङतर्फ सीमास्थलमै केही पनि निर्माण नभएकाले तत्काल भौतिक संरचना निर्माण गर्नुपर्ने बताए  । 

‘कोरोला नाका खोल्ने सरकारको तयारी भइरहेको र यस विषयमा सङ्घ सरकार, प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयसँग छलफल गरेका छौँ’, उनले भने, ‘नाकासम्म पुग्ने सडक स्तरोन्नति गरेर नियमित सवारीसाधन आवतजावत गर्नसक्ने बनाउनतर्फ सरकारको ध्यान केन्द्रित भएको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै भएको चीन भ्रमणका क्रममा नेपालका १४ व्यापारिक नाका सञ्चालन गर्न तयार रहेको चिनियाँ पक्षले जानकारी गराएको थियो । कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाकामा हरेक वर्षको दुई पटक हुने व्यापार मेला सञ्चालन हुन सकेको छैन । 

मुख्यमन्त्री पाण्डेको कोरला नाका भ्रमण टोलीमा सहभागी मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पाण्डेले चिनियाँ पक्षले नाका खुलाउन तयार रहेको कूटनीतिक नोट पठाएपछि गृह मन्त्रालयमार्फत जानकारी आएको र नाका खुलाउन चिनियाँ अधिकारीसँग वार्ता गर्न लागिएको बताए। 

नाकाको ३० किलोमिटर क्षेत्रमा पर्ने ठाउँका बासिन्दालाई परिचयपत्रका आधारमा बाह्रै महिना नाकामा आवतजावत गर्ने व्यवस्था मिलाउने तयारी भएको छ । कोरला नाका सञ्चालन भएमा चिनियाँ सामान आयात र चीनमा सामान निर्यात गर्न सहज हुने तथा व्यापारिक गतिविधि बढ्ने स्थानीयको अपेक्षा छ । 

कालीगण्डकी करिडोरअन्तर्गत कोरला नाका जोड्ने सडक स्तरोन्नतिका क्रममा रहेको छ । सीमानाका निरीक्षणसँगै गण्डकी प्रदेशस्तरीय सुरक्षा समिति र मुस्ताङ जिल्लास्तरीय सुरक्षा समितिको बैठक पनि कोरोलामा बसेको थियो । 

मुख्यमन्त्री पाण्डेसहित सङ्घीय सांसद, प्रदेशसभा सदस्यलगायतले मुस्ताङ जिल्लाको सीमावर्ती क्षेत्रका १० भन्दाबढी गाउँमा पुगेर स्थानीयसँग भेट गरेका थिए । प्रदेश सरकारबाट सञ्चालन भएका योजनाको अवस्था, चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट, स्थानीयको गुनासो र प्रदेश सरकारले गर्नसक्ने सम्बोधनका बारेमा मुख्यमन्त्री, जनप्रतिनिधि र स्थानीयबीच अन्तरक्रिया भएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए । 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  २ : ५६ बजे

मुम्बईमा पानीको ट्याङ्की सफा गर्दा निसास्सिएर चार जनाको मृत्यु

मुम्बइ – भारतको मुम्बईको नागपाडा क्षेत्रमा आइतबार निसास्सिएर चार मजदुरको

धनगढीमा बन्यो ३२ करोडको सभा गृह, प्रधानमन्त्री ओलीले गरे उद्घाटन 

धनगढी– सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सुविधायुक्त सभागृह सञ्चालनमा आएको छ

पोखरामा अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबार : पाँच जना पक्राउ

पोखरा– कास्की प्रहरीले क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा र सट्टाबाजी गरेको

ज्ञानेन्द्र शाहबारे प्रधानमन्त्री- राष्ट्रपति हुँदाहुँदै नारायणहिटीको कुर्सीमा राख्दैमा कोही राजा हुँदैन

धनगढी- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको

अर्थसंक्षेप : कुलमानले फेरि बुझाए सफाइ, नेप्सेमा गयो पहिरो र तीन करोडमुनिका योजनामा अर्थमन्त्रीको अंकुश

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई आज