भारतबाट आउनेका लागि बैतडीमा यात्रु सहायता कक्ष स्थापना « Khabarhub

भारतबाट आउनेका लागि बैतडीमा यात्रु सहायता कक्ष स्थापना


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

बैतडी– चाडपर्वलाई लक्षित गर्दै भारतीय नाकासहित बैतडीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । 

दसैँ र तिहारका बेला यात्रुहरूलाई गन्तव्यमा  पुर्‍याउन सहयोग गर्ने उद्देश्यले भारतसँगको सीमानाका झुलाघाट, सदरमुकामस्थित गोठलापानी, सतबाँझ, गोकुलेश्वर, पाटन र खोड्पेमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । 

चाडपर्वका समयमा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई समाधान गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । तोकिएकोभन्दा बढी भाडा लिन नदिन, क्षमताभन्दा बढी यात्रु बोक्न नदिन र यात्रुलाई सहजताका साथ गन्तव्यमा पुर्‍याउन यात्रु सहायता कक्षमार्फत काम गरिनेछ ।

प्रहरीको १०० नम्बर र जिल्ला ट्राफिक प्रहरीको फोनमा सम्पर्क गरेर समस्या राखेमा पनि समस्या समाधान गरिने जनाइएको छ । सञ्चालन गरिएका प्रत्येक सहायता कक्षमा कम्तीमा दुई सुरक्षाकर्मी खटिएका छन् । 

छठ पर्वसम्म यात्रु सहायता कक्षलाई निरन्तरता दिइने बताइएको छ । दसैँ, तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गरेर जिल्लाका अन्य स्थानमा पनि चाँडै यात्रु सहायता कक्ष स्थापना गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ३ : ३२ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका