युक्रेनी रकेटले ओलेनिभ्का जेलमा हमला गरेको होइन : राष्ट्रसङ्घ « Khabarhub

युक्रेनी रकेटले ओलेनिभ्का जेलमा हमला गरेको होइन : राष्ट्रसङ्घ


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जेनेभा– गत वर्ष पूर्वी युक्रेनको एक जेलमा भएको घातक बम विष्फोट युक्रेनको एचआईएमएआरएस रकेटबाट नभएको संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले बताएका छन् । उक्त आक्रमणप्रति किएभ र मस्कोले एकअर्कालाई दोषारोपण गर्दै आएका थिए ।

सन् २०२२ जुलाई २९ मा मस्को नियन्त्रित उत्तरपूर्वी डोनेत्स्क क्षेत्रको ओलेनिभ्का जेलमा भएको बमबारीमा कम्तीमा ५१ युक्रेनी युद्धबन्दीको मृत्यु भएको थियो ।  

बुधबार प्रकाशित प्रतिवेदनमा युक्रेनमा रहेको राष्ट्रसङ्घीय मानवअधिकार अनुगमन मिसनका अनुसन्धानकर्ताहरूले सटिक परिस्थितिहरू स्थापित गर्न हमलामा को जिम्मेबार थियो भन्नेबारे सूचनाहरूको आवश्यकता थियो भनेर जोड दिँदै विष्फोटको अनुसन्धान जारी राखेको बताएका थिए । यद्यपि उनीहरूले युक्रेनी सशस्त्र फौजको एचआईएमएआरएस रकेटबाट उक्त विष्फोट नभएको स्पष्ट भएको बताएका छन् । 

‘ब्यारेकका पर्खाल, सिलिङ, छत र झ्यालको क्षतिको अवस्था, भित्रका ओछ्यानहरूको अवस्था, बमले बनाएको खाडलको आकार हेर्दा यो आक्रमणमा एचआईएमएआरएस हतियारको विशेषता देखिँदैन’, उनीहरूले भनेका छन् ।

सन् २०१४ देखि युक्रेनमा रहँदै आएको राष्ट्रसङ्घीय उक्त मिसनलाई सो जेलसम्म पुग्ने अधिकार थिएन तर उसले ५० जनाभन्दा बढी प्रत्यक्षदर्शी र जीवितहरूसँगको अन्तरवार्ताका साथै भिडियो र फोटोग्राफीक फुटेजहरूको विश्लेषणका आधारमा उक्त निष्कर्ष निकालेको हो ।  

‘सम्भवतः एउटा एचआईएमएआरएस रकेट ब्यारेक र वरपरका क्षेत्रमा अत्यन्त ठूलो र गम्भीर स्तरको क्षति र विनाशको कारण बन्नसक्छ’, प्रत्यक्षदर्शीहरूको ‘धेरै विष्फोटको आवाज सुनेको’ भनाइ उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ । 

यसका साथै अनुसन्धानकर्ताहरूले क्षतिग्रस्त ब्यारेकका भिडियो र फोटोग्राफिक फुटेजले पश्चिमतिरको पर्खालको भित्री भागमा एउटा विन्दु र छतबाट प्रवेश गर्ने दुई सम्भावित विन्दुमा असर परेको देखाएको बताएका छन् । 

“हतियारको सटिक प्रकार र उसको उत्पत्तिस्थल निर्धारण हुन नसकेको समयमा संरचनात्मक क्षति हेर्दा पूर्व–पश्चिम दिशाबाट आक्रमण भएको देखिन्छ”, प्रतिवेदनमा भनिएको छ ।

अनुसन्धानकर्ताहरूले उक्त जेलमा स्वतन्त्र अनुगमनकर्ताहरूको पहुँच प्रदान गर्न आग्रह गरेका छन् । 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ३ : ३८ बजे

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट