प्रतिनिधिसभा बैठक : सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्न आग्रह | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक : सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्न आग्रह


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुले धार्मिक र सामाजिक सद्भावमा खलल हुन नदिन समाजका सबै पक्ष सजग हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनीहरूले समाजमा अशान्ति चाहने केही तत्त्वले सामाजिक सद्भाव भड्काउने प्रयत्न गरिरहेको उल्लेख गर्दै त्यसतर्फ सरकार र सबै सचेत हुनुपर्ने बताए।

सांसद मनिष झाले कसैले पनि राजनीतिक लाभका लागि त्यस्तो गर्न नहुनेमा जोड दिँदै सबै जिम्मेवार बनेर आपसी भाइचारा र मेलमिलाप कायम राख्नुपर्ने उल्लेख गरे। साथै उनले दैनिक सयौँको सङ्ख्यामा नेपाली युवा कामको खोजीमा विदेशिन बाध्य भएको अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने बताए।

सांसद ज्ञानबहादुर शाहीले सामाजिक सद्भाव कायम राख्नका लागि सरकारसँगै सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले बजारमा उपभोग्य वस्तुमा महङ्गी भएको उल्लेख गर्दै मूल्यवृद्धि रोक्नका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।

सांसद प्रदीप यादवले समाजमा अनेक थरी अफवाह फैलाउने काम भएको सन्दर्भमा धार्मिक सद्भाव कायम राख्न सम्पूर्ण राजनीतिक दल एकतावद्ध हुनुपर्नेमा जोड दिए । सांसद भानुभक्त जोशीले बझाङमा भूकम्पका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको उपचार र प्रभावितको उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद अब्दुल खानले कमैया मुक्ता घोषणा भएको १४ वर्ष भइसक्दा पनि अहिलेसम्म पनि प्रभावकारी व्यवस्थापन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद रामप्रकाश चौधरीले देशभरका सडकको अवस्था दयनीय भएकाले त्यसको मर्मतका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रेम सुवालले भ्रष्टाचार, सुन तस्करीलगायत अन्य आपराधिक क्रियाकलाप बढ्दै गएको उल्लेख गर्दै सामाजिक सद्भाव कायम गर्न सबैले उत्तिकै भूमिका खेल्नुपर्नेमा जोड दिए।

सांसद चित्रबहादुर केसीले भूकम्पपीडित बझाङका जनताको उद्धार र राहतमा ध्यान दिन सरकारलाई आग्रह गर्दै मुलुकमा युवा पिँढीले दैनिक रुपमा देश छोड्ने कुरालाई संसदमा विशेष छलफल गर्न जरुरी भएको प्रति ध्यानाकर्षण गराए ।

सांसद प्रभु शाहले निर्धारित राजस्व राज्य कोषमा आउन नसक्दा विकास निर्माणमा असर परेको उल्लेख गर्दै भन्सार ऐन संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ४ : ३१ बजे

एनसेल खरिदबिक्री प्रकरणमा नेतृत्वको स्वार्थ जोडिएको छ : उपेन्द्र यादव

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेल खरिदबिक्रीबारे

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट

ठगी गरेको आरोपमा पोखराका वडा सदस्यसहित ४ जना पक्राउ

कास्की – पोखरामा ठगीसम्बन्धी मुद्दामा वडा सदस्यसहित चार जना पक्राउ

शाहरुखले तोडे प्रभासको कीर्तिमान

नयाँ दिल्ली – शाहरुख खानको फिल्म डंकीको ट्रेलर ५ डिसेम्बरमा

आन्तरिक राजस्व विभागले भन्यो– ‘स्वदेशी आलु र प्याजमा भ्याट लाग्दैन’

काठमाडौं – आन्तरिक राजस्व विभागले स्देशमै उत्पादन भएका आलु, प्याजलगायत