प्रतिनिधिसभा बैठक : सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्न आग्रह « Khabarhub

प्रतिनिधिसभा बैठक : सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्न आग्रह


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुले धार्मिक र सामाजिक सद्भावमा खलल हुन नदिन समाजका सबै पक्ष सजग हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनीहरूले समाजमा अशान्ति चाहने केही तत्त्वले सामाजिक सद्भाव भड्काउने प्रयत्न गरिरहेको उल्लेख गर्दै त्यसतर्फ सरकार र सबै सचेत हुनुपर्ने बताए।

सांसद मनिष झाले कसैले पनि राजनीतिक लाभका लागि त्यस्तो गर्न नहुनेमा जोड दिँदै सबै जिम्मेवार बनेर आपसी भाइचारा र मेलमिलाप कायम राख्नुपर्ने उल्लेख गरे। साथै उनले दैनिक सयौँको सङ्ख्यामा नेपाली युवा कामको खोजीमा विदेशिन बाध्य भएको अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने बताए।

सांसद ज्ञानबहादुर शाहीले सामाजिक सद्भाव कायम राख्नका लागि सरकारसँगै सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले बजारमा उपभोग्य वस्तुमा महङ्गी भएको उल्लेख गर्दै मूल्यवृद्धि रोक्नका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।

सांसद प्रदीप यादवले समाजमा अनेक थरी अफवाह फैलाउने काम भएको सन्दर्भमा धार्मिक सद्भाव कायम राख्न सम्पूर्ण राजनीतिक दल एकतावद्ध हुनुपर्नेमा जोड दिए । सांसद भानुभक्त जोशीले बझाङमा भूकम्पका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको उपचार र प्रभावितको उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद अब्दुल खानले कमैया मुक्ता घोषणा भएको १४ वर्ष भइसक्दा पनि अहिलेसम्म पनि प्रभावकारी व्यवस्थापन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद रामप्रकाश चौधरीले देशभरका सडकको अवस्था दयनीय भएकाले त्यसको मर्मतका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रेम सुवालले भ्रष्टाचार, सुन तस्करीलगायत अन्य आपराधिक क्रियाकलाप बढ्दै गएको उल्लेख गर्दै सामाजिक सद्भाव कायम गर्न सबैले उत्तिकै भूमिका खेल्नुपर्नेमा जोड दिए।

सांसद चित्रबहादुर केसीले भूकम्पपीडित बझाङका जनताको उद्धार र राहतमा ध्यान दिन सरकारलाई आग्रह गर्दै मुलुकमा युवा पिँढीले दैनिक रुपमा देश छोड्ने कुरालाई संसदमा विशेष छलफल गर्न जरुरी भएको प्रति ध्यानाकर्षण गराए ।

सांसद प्रभु शाहले निर्धारित राजस्व राज्य कोषमा आउन नसक्दा विकास निर्माणमा असर परेको उल्लेख गर्दै भन्सार ऐन संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ४ : ३१ बजे

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन झन् झन् लम्बिँदै गएको

सार्वजनिक यातायातमा प्रविधिको निगरानी : सिसीक्यामेरा, जिपिएस जडान

काठमाडौ– काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित,

काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन

सुरुङ्गा– पूर्वी सीमा नाका काँकरभिट्टामा यात्रु तथा मालवस्तुको चेकजाँचलाई व्यवस्थित

‘प्यालेस्टिनी बालबालिकाहरू दुर्व्यवहारको उच्च जोखिममा’

न्युयोर्क– मानव अधिकारवादीहरु तथा मानवीय संस्थाहरू गाजा र वेस्ट ब्यांक

सम्पदास्थलको जग्गा विवाद समाधान गर्न निर्देशन

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका मुख्य सम्पदास्थलका जग्गा