ताइवानमा कोइनु आँधीबाट १९० घाइते « Khabarhub

ताइवानमा कोइनु आँधीबाट १९० घाइते


१८ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ताइपेई– बिहीबार दक्षिणी ताइवानमा कोइनु आँधी आउँदा एक सय ९० जना घाइते भएका छन् । यद्यपि कोइनुका कारण आएको हावाहुरीसहितको वर्षाले कसैको ज्यान नगएको अधिकारीहरूले बताएका छन् । कोइनुका कारण स्कुल र कार्यालयहरू बन्द भएका छन् । 

जापानी भाषामा ‘कुकुर’ अर्थ रहेको कोइनु बिहीबार बिहानै दक्षिणी ताइवानको केप इलुआन्बीमा प्रवेश गरेको थियो र यो पश्चिमतिर दक्षिणी चीनको गुआङडोङ र फुजियान प्रान्ततर्फ जाँदा कमजोर हुने अपेक्षा गरिएको छ । 

बुधबार साँझ आएको आँधीले ताइवानमा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिको हावा ल्याएको थियो । ताइवानको दक्षिणपश्चिम टापु अर्किडमा रहेको मौसम अनुगमन स्टेसनले स्थानीय समयअनुसार राति ९ः५३ मा हावाको वेग प्रतिघण्टा तीन सय ४२ दशमलव सात किलोमिटर मापन गरेको थियो । साथै राति ९ः४० मा एक सय ९८ दशमलव सात किलोमिटर प्रतिघण्टाको दरले हावा चलेको थियो । 

केन्द्रीय मौसम प्रशासनको टाइटुङ मौसम स्टेसनका प्रमुख हुआङ चिया–मेइका अनुसार ताइवानले सन् १८९७ देखि हावाको गति मापन गर्न थालेयता यी दुवै मापनले अहिलेसम्मकै उच्चता कायम गरेको हो । उनले हावाको गति मापन गर्ने यन्त्र आँधी आएको केही समयपछि बिग्रिएको बताए।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ५ : ४९ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६