रिगलको कैद मिनाहामा सर्वोच्चले माग्यो सरकारसँग कारणसहित जवाफ  « Khabarhub

रिगलको कैद मिनाहामा सर्वोच्चले माग्यो सरकारसँग कारणसहित जवाफ 


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो । इजलासले असोज २४ गते ५ बजेभित्र आममाफी दिनुको कारण सरकारसँग माग गरेको हो।

सर्वोच्चले उनको कैद माफी गर्दा भएका सबै निर्णयको सक्कल प्रति झिकाउन पनि आदेश दिएको छ ।

संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालगन्जका चेतन अधिकारीका हत्यारा रिगललाई आममाफी दिएका थिए।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ५ : ०८ बजे

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह