प्रतिनिधिसभा बैठकमा ‘विद्युत् विधेयक’ पेश « Khabarhub

प्रतिनिधिसभा बैठकमा ‘विद्युत् विधेयक’ पेश


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युत् विधेयक, २०८०’ पेश भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उक्त विधेयक पेश गरेका हुन् ।

सो अवसरमा उनले विद्युत् उत्पादन, प्रसारण र नियमनको आवश्यकतालाई मध्यनजर गर्दै विद्युत्मा आमजनताको पहुँच सुनिश्चित गर्न तथा आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले विधेयक ल्याउनु परेको बताए।

आजको बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य खेमराज भट्ट मायालुको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार रहेका उनी विसं २०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट बर्दिया क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

पूर्वसामान्य प्रशासन मन्त्री मायालुको वीर अस्पतालमा फोक्सोको क्यान्सर रोगको उपचारका क्रममा यही असोज ४ गते बिहीबार ७३ वर्षको उमेरमा निधन भएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक यही असोज १९ गते बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ५ : २० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग