भानुभक्त रामायणले मर्यादाको पाठ सिक्ने प्रेरणा प्रदान गर्दछ : उपराष्ट्रपति  | Khabarhub Khabarhub

भानुभक्त रामायणले मर्यादाको पाठ सिक्ने प्रेरणा प्रदान गर्दछ : उपराष्ट्रपति 


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धार्मिक ग्रन्थको अध्ययन र श्रवणले व्यक्तिको असल आचरण, शील, स्वभाव र चरित्र निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

गायिका लोचन भट्टराईको सङ्गीत तथा स्वरमा रहेको ‘भानुभक्त रामायणको गीति सङ्ग्रह’को आज यहाँ विमोचन गर्दै उनले रामायणको श्रवणबाट व्यक्तिलाई आफ्नो कर्तव्यको निष्ठापूर्वक निर्वाह गर्न उत्प्रेरित गर्ने बताए।

‘रामायण, महाभारत तथा पुराणले भाषा, साहित्य र संस्कृतिको विकासमा मात्र योगदान गर्दैन, यसले व्यक्तिमा धार्मिकता, अध्यात्मिकता, सामाजिकता, नैतिकता, कर्मशिलता तथा सादा जीवन उच्च विचारको विकासमा पनि टेवा पुर्याउँदछ’, उनले भने, ‘अझ राम नामबाट शान्ति र शक्ति प्राप्त हुने जनविश्वास हिन्दू समाजमा परापूर्वकालदेखि रही आएकै छ । त्यसैले रामायणको अझ बढी महत्व छ ।’

उपराष्ट्रपति यादवले राम कथा साहित्यमा वाल्मीकीय रामायणपछि अध्यात्म रामायणको स्थान रहेको उल्लेख गर्दै नेपाली साहित्यमा भने अध्यात्म रामायणले नै प्रमुख स्थान ओगटेको बताए । ‘भानुभक्तले रामायणमा केही मौलिकता थप्दै सामान्य नेपाली जन–जीवनमा भिज्न सक्ने गरी सरल भाषा शैलीमा प्रस्तुत गर्नुभएको छ’, उनले भने, ‘संस्कृतबाट अनुवाद गरिए पनि यो ग्रन्थ पाठ गर्दा मौलिक ग्रन्थ पढे जस्तो अनुभव हुने गर्दछ । मूल रामायणको घटना तथा विषयको अनुवादमा भानुभक्तले प्रयोग गर्नु भएको भाषाको सरलता, लालित्य तथा माधुर्यताका कारण यो नेपालीभाषी माझ अत्यन्तै लोकप्रिय भएको हो ।’

उनले काव्यमा हुनुपर्ने तीन गुण (लालित्य, सरलता र विचारको मौलिकता) भानुभक्तको प्रसिद्ध रामायणलगायत अरू फुटकर कवितामा समेत पाइएको उल्लेख गर्दै भने, ‘भानुभक्तकृत नेपाली रामायण व्यासकृत अध्यात्म रामायणको स्वतन्त्र तथा छोटकरी लेखन हो । यसमा नेपाली भाषामा लेखिएका चार चरणका हजारभन्दा बढी श्लोक छन् ।’

उपराष्ट्रपति यादवले भानुभक्त रामायणको पाठ गर्दा नेपालीपनको अभास जो कोहिले पनि सजिलै गर्न सक्ने बताए । ‘ठाउँ–ठाउँमा यसको नेपाली शैली रुचिकर त छदै छन् अझ अब यो गीति सङ्ग्रहमा आएपछि धेरैका लागि यो झनै रुचिकर बन्ने विश्वास पनि लिएको छु’, उनले भने, ‘भानुभक्त रामायणको रसिलो र सजिलो श्लोक पढ्दा मक्ख पर्ने पाठक अब छन्दबद्ध तथा लयबद्ध गीति सङ्ग्रह श्रवण गर्न पाउँदा झनै हर्षित हुने छन् ।’

नेपालीको ह्रदय–ह्रदयमा भक्तिरस भर्न सफल भानुभक्तको कृतिलाई सङ्गीत र सुरिलो स्वरको माध्यमबाट स्रोतासम्म पुर्‍याउनु एउटा सत्कर्म पनि भएको उनको भनाइ छ । 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ६ : ०२ बजे

अस्ट्रेलियासँगको टेस्टमा वेस्ट इन्डिज २७ रनमा समेटियो

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको तेस्रो टेस्टमा शानदार जित हात

कञ्चनपुरमा विषालु च्याउ खाँदा एकैपरिवारका पाँचजना बिरामी

कञ्चनपुर– कञ्चनपुरमा विषालु च्याउ खाँदा एकैपरिवारका पाँचजना बिरामी भएका छन्

प्रतिनिधिसभा बैठकमा लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक मङ्गलबार बस्दैछ । बैठक

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो देशमार्फत युक्रेनलाई एकदमै