विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका-९ सोहनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम २ सय ८० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत लखिनपुर खिरी निघासन तिकुनिया बस्ने २४ वर्षीय गुर्वेन्द्र सिंह र २१ वर्षीय कुलदिप सिंह रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले युपि ३१ बीवाई ४९२४ नम्बरको मोटरसाइकल रोकी शंकास्पद रूपमा बसिरहेको अवस्थामा दुवै जनालाई तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१० तिघरीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्रामसहित बर्दगोरिया गाउँपालिका-२ बस्ने २६ वर्षीय सुनिल कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

सर्लाही, कौडेना गाउँपालिका-१ बस्ने ५० वर्षीय बिहारी राउतलाई अवैध लागूऔषध गाँजा २ केजी ३ सय ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी सुन्दरपुर र इलाका प्रहरी कार्यालय चक्रघट्टाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त गाँजा पेला पारी उनलाई पक्राउ गरेको हो । 

कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ क्याम्पबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय २० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-२ उल्टाखाम बस्ने २७ वर्षीय राजु चौधरी र सोही नगरपालिका-१९ बागफाटा बस्ने २० वर्षीय अमित चौधरी रहेका छन् । 

विशेष सूचनाको आधारमा उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ६ : ०५ बजे

बाबुरामदेखि जनार्दनसम्म : राजनीतिक जीवनको उत्तरार्द्धमा किन छोडे कम्युनिस्ट विचार ?

काठमाडौं– वर्तमान संविधान घोषणापछि २०७२ असोज ९ गते डा. बाबुराम

औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकासका

एकसय ४० विद्यार्थीलाई विद्यालय पोसाक वितरण  

दोलखा– रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका जिल्लाको वैतेश्वर गाउँपालिका-३ मिर्गेका

ब्याटिङ नचल्दा काठमाडौंसँग हार्‍यो लुम्बिनी

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

मुख्यमन्त्री कार्कीलाई मुस्लिम समाजको ज्ञापनपत्र : मदरसा शिक्षा बोर्ड गठन गर्न माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुस्लिम समाज मोरङ, विराटनगरले