भलिबलको विकास सरकारको प्राथमिकतामा : मन्त्री शर्मा « Khabarhub

भलिबलको विकास सरकारको प्राथमिकतामा : मन्त्री शर्मा


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा विशेष ध्यान दिन जरुरी भएको बताएकी छन् । 

गणतान्त्रिक खेलकुद महासङ्घले आयोजना गरेको ‘वीरजङ्ग स्मृति खुला पुरुष भलिबल प्रतियोगिताको आज राजधानीमा उद्घाटन गर्दै मन्त्री शर्माले राष्ट्रका लागि खेल्ने खेलाडीलाई सबैले प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन्।

‘खेलाडीले आर्थिक अभावमा पनि खेल्नु परिरहेको छ, खेलाडीको प्रोत्साहनका लागि सरकारले सेवा सुविधा थप गर्न आवश्यक छ’, उनले भनिन्, ‘राष्ट्रियस्तरका खेलाडी बर्सेनि विदेशिनुपर्ने बाध्यतालाई रोक्नुपर्छ, खेल क्षेत्रमै सुनौलो भविष्य निर्माण गर्न सरकारले आवश्यक कदम चाल्नुपर्छ ।’

प्रधानमन्त्री आफैँले खेलाडीको आत्मबल बढाउन विभिन्न योजना तथा पुरस्कारको व्यवस्था गरेकाले खेलाडीप्रति वर्तमान सरकार सकारात्मक रहेको स्पष्ट हुन्छ भन्दै सञ्चारमन्त्री शर्माले देशको गरिमा बढाउने खेलकुद क्षेत्रलाई सधैँ प्राथमिकतामा राखिएको बताइन् । 

उक्त प्रतियोगिता असोज २१ गतेसम्म हुने सञ्चालन हुनेछ । 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ६ : ११ बजे

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु