एनआरएनए मध्यपूर्व उपसंयोजकमा कतारबाट पोखरियाको उम्मेदवारी घोषणा « Khabarhub

एनआरएनए मध्यपूर्व उपसंयोजकमा कतारबाट पोखरियाको उम्मेदवारी घोषणा


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व उपसंयोजकमा कतारबाट पूर्णबहादुर पोखरियाले उम्मेदवारी  घोषणा गरेका छन् ।

कतारलाई कर्मभूमि बनाएका उनले एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा ९२०२३-०२५० कार्यकालको लागि मध्यपूर्व उपसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

सन् २००५ मा कतार प्रवेश गरेर निरन्तर नेपाल र नेपालीहरूको हितमा आफूलाई समर्पित गरिरहेको उल्लेख गर्दै पोखरियाले मध्यपूर्वमा हुने हरेक सामाजिक अभियानहरूमा आफ्नो सहभागिता रहेको र भविष्यमा पनि निरन्तर रहने बताएका छन् ।

उनले भने, ‘मेरो उम्मेदवारीलाई हाम्रो बनाउने पहिलो प्रयास हुनेछ । तपाईँहरूको आवाज, समस्या र प्रगति हाम्रो हुनेछन् । म सम्पूर्ण रुपले तपाईहरुको सहयात्री भएर यात्रा गर्नेछु । यो यात्रालाई सफल बनाउनको लागि तपाईँहरूको अमूल्य मत र सहयोगको अपेक्षा राख्दै मेरो जीतलाई हाम्रो जीत बनाउन स–विनय अनुरोध गर्दछु ।’

लामो समय यस अभियानमा खटिदै यस संस्थाको विधि विधानको पालनमा इमानदार हुँदै सदैव  संस्था प्रति निष्ठावान् रही कार्य निर्वाह गर्ने प्रतिबद्धताका साथमा उनले उम्मेद्वारी घोषणा गरेको बताए ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ७ : १७ बजे

रहिनन् भारतीय गायिका आशा भोसले

काठमाडौं – वरिष्ठ भारतीय गायिका आशा भोसलेको निधन भएको छ

‘राम नाम सत्य’को कमजोर ओपनिङ, आयुषले गर्न पाउलान् त सिक्वेल ?

काठमाडौं – मल्टिस्टारर एक्सन फिल्म ‘राम नाम सत्य’को ओपनिङ कमजोर

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं– वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास

एम्पुटी रनवे नेपाल २०२६ सम्पन्न (तस्बिरहरू) 

काठमाडौं– निर्मला फाउन्डेसनको आयोजनामा ‘एम्पुटी रनवे नेपाल २०२६’ सम्पन्न भएको

रेकर्ड यात्रा सकेर घर फर्किए आर्टेमिस टोली

ह्युस्टन– मानव अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय खोल्दै चन्द्रमाको परिक्रमा गरेर