कर्णाली प्रदेश मासुमा आत्मनिर्भर « Khabarhub

कर्णाली प्रदेश मासुमा आत्मनिर्भर


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशबाट वार्षिक रु एक करोड ४० लाख बराबरको खसीबोका र च्याग्रा निर्यात हुँदै आएको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारअन्तर्गत पशुपन्क्षी निर्देशनालयको तथ्याङ्कअनुसार वार्षिक रु एक करोड ४० लाख बढीको खसीबोका निर्यात हुने गरेको हो । सरकारको तथ्याङ्कअनुसार कर्णालीबाट दैनिक ११ लाख ७० हजारको खसी बोका निर्यात भइरहेको छ ।

कर्णाली प्रदेश सरकारको तथ्याङ्कअनुसार दैनिक ११ लाख ७० हजारको खसीबोका प्रदेशबाट बाहिर निर्यात हुने गरेको कर्णाली प्रदेश पशुपन्क्षी निर्देशनालयका प्रमुख कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए। “कर्णाली मासुमा आत्मनिर्भर छ, पछिल्लो समय उत्पादन पनि बढेको छ,” उनले भने, “यहाँबाट दैनिक रु ११ लाख ७० हजारको खसी बोका निर्यात भइरहेको छ, चाडपर्वमा अझै धेरैको खसीबोका र च्याग्रा निर्यात हुन्छ । यो हिसाबले वार्षिक रु एक करोड ४० लाख ४० हजार बराबारको निर्यात भइरहेको छ ।”

प्रदेशका १० जिल्लामध्ये सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिममा खसी बोका र माथिल्लो कर्णालीका पाँच जिल्लामा भेडा च्याग्राको उत्पादन धेरै हुने गरेको प्रमुख पङ्गेनीले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशका पाँच जिल्ला दूधमा आत्मनिर्भर रहेको छ । तर अण्डा भने बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

“अहिले कर्णाली प्रदेश सरकारले दूधमा अनुदान दिइरहेको छ, यसले गर्दा दूध उत्पादन पनि बढेको छ,” उनले भने, “अहिले पाँच जिल्ला सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिम दूधमा आत्मनिर्भर छन्, यी जिल्लाबाट दैनिक तीन ट्याङ्कर दूध बाँके, बुटवलसम्म पुग्ने गरेको छ ।”

माथिल्लो कर्णालीका जिल्लामा भने दूध उत्पादन कम हुने गरेको भन्दै त्यस क्षेत्रमा उन्नत जातका पशुपालन गर्न प्रेरित प्रदेश सरकारले गरिरहेको उनको भनाइ छ । केही वर्षभित्र कर्णालीका सबै जिल्ला दूधमा पनि आत्मनिर्भर हुने प्रमुख पङ्गेनीले बताए । प्रदेश सरकारले पशुपालन व्यवसायतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ९ : ३८ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ