विविधतायुक्त देशलाई एकताबद्ध बनाउनुपर्छ : ओली | Khabarhub Khabarhub

विविधतायुक्त देशलाई एकताबद्ध बनाउनुपर्छ : ओली


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विविधतायुक्त देशलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन्। एमाले पार्टी कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा उनले विविधतामा एकता खोजेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै समानतामा आधारित एकता र त्यो एकतामा आधारित राष्ट्रिय एकता अहिलेको आवश्यकता रहेको बताए ।

“विविधतामा एकता खोज्नुपर्दछ । हामीसँग सांस्कृतिक भाषिक भौगोलिक विविधतालाई द्वन्द्वको विषय बनाउने होइन”, उनले भने । हिमाल, पहाड, तराइ, मधेस कुनै पनि क्षेत्रलाई छाड्न नसकिने बताउँदै अध्यक्ष ओलीले भने, “हामीसँग मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी, रामजानकी मन्दिरहरू छन् ।

विभिन्न ऐतिहासिक ताल तलैया छन् । यी हाम्रा समृद्धि र गौरवका प्रतीक हुन् ।” एमालेले नेता तथा कार्यकर्तालाई इमान, न्याय, सत्यमा अडेर काम गर्ने सिकाउने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ९ : ५६ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले