विपद् व्यवस्थापनसम्बन्धी अधिस्नातक कोर्ष सञ्चालन « Khabarhub

विपद् व्यवस्थापनसम्बन्धी अधिस्नातक कोर्ष सञ्चालन


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सशस्त्र प्रहरी बलले मातातिर्थस्थित सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा ‘सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लो’मा कोर्ष सञ्चालन गरेको छ । आजदेखि उक्त कार्यक्रम सञ्चालन भएको हो ।

शैक्षिक कार्यक्रम प्रारम्भ भएको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शिक्षा प्राप्त गरेपछि दीक्षित समूहले सङ्गठनको अवधारणाअनुसार सीमा सुरक्षा, देशको आन्तरिक सुरक्षा तथा राजश्व सङ्कलन र विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन प्रा डा। कुसुम शाक्यले सशस्त्र प्रहरी बल नेपालले त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लोमा थालनी गरेकोमा त्यसको सराहना गरे ।

सशस्त्र प्रहरी बलले सुरक्षा, विकास र शान्ति अध्ययनमा स्नातकोत्तर (डिग्री) कोर्ष सञ्चालन गरिरहेको छ । दुई सेमेष्टरमा सञ्चालन हुने सो कोर्षमा ३४ सशस्त्र प्रहरी निरीक्षक सहभागी छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  १० : ३३ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको