भारतमा ५० अर्ब डलरसम्म लगानी गर्नेबारे विचार गर्दै यूएई « Khabarhub

भारतमा ५० अर्ब डलरसम्म लगानी गर्नेबारे विचार गर्दै यूएई


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- संयुक्त अरब इमिरेट्स (यूएई) ले भारतमा ५० अर्ब डलरसम्म लगानी गर्नेबारे विचार गरिरहेको छ । भारत यूएईको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो ।

भारत अहिले विश्वमै सबैभन्दा तीव्र गतिमा बढिरहेको अर्थतन्त्र हो । यस्तोमा सबै देश र कम्पनीहरुले भारतको वृद्धिबाट फाइदा लिन त्यहाँ धमाधम लगानी खन्याइरहेका छन् ।

लगानीसम्बन्धी प्रारम्भीक प्रतिज्ञा चाँही आगामी वर्षको सुरुमा घोषणा हुनसक्ने बताइएको छ । आगामी वर्षको जुलाईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायदबीच हुने भेटघाटपछि नयाँ लगानीको घोषणा हुने अपेक्षा गरिएको छ ।

गएको दशकयता भारत र यूएईले आपसी सम्बन्ध कसिलो पार्न खोजिरहेका छन् । तेल बाहेकको द्विपक्षीय व्यापारलाई बढाएर १ खर्ब डलरमा पुर्‍याउने लक्ष्य दुबैको छ ।

सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री बनेयता मोदी बारम्बार यूएई गएका छन् । हालैको उनको भ्रमण उनी प्रधानमन्त्री बनेयताको पाँचौं भ्रमण थियो । मोदीभन्दा अगाडि यूएई जाने भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी थिइन् । उनी सन् १९८१ मा यूएई गएकी थिइन् ।

आगामी वर्ष मोदी तेस्रो कार्यकालका लागि चुनावमा उत्रिँदैछन् । यस्तोमा उनी सकेसम्म धेरै लगानी भित्र्याउने दाउमा छन् । लगानी सम्झौता र घोषणाबारे अन्तिम निर्णय भने भइनसकेको स्रोतहरुलाई उद्धृत गर्दै ब्लुमबर्गले समाचार छापेको छ ।

स्रोत- एएनआई

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १२ : १२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन