भारतमा ५० अर्ब डलरसम्म लगानी गर्नेबारे विचार गर्दै यूएई « Khabarhub

भारतमा ५० अर्ब डलरसम्म लगानी गर्नेबारे विचार गर्दै यूएई


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- संयुक्त अरब इमिरेट्स (यूएई) ले भारतमा ५० अर्ब डलरसम्म लगानी गर्नेबारे विचार गरिरहेको छ । भारत यूएईको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो ।

भारत अहिले विश्वमै सबैभन्दा तीव्र गतिमा बढिरहेको अर्थतन्त्र हो । यस्तोमा सबै देश र कम्पनीहरुले भारतको वृद्धिबाट फाइदा लिन त्यहाँ धमाधम लगानी खन्याइरहेका छन् ।

लगानीसम्बन्धी प्रारम्भीक प्रतिज्ञा चाँही आगामी वर्षको सुरुमा घोषणा हुनसक्ने बताइएको छ । आगामी वर्षको जुलाईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायदबीच हुने भेटघाटपछि नयाँ लगानीको घोषणा हुने अपेक्षा गरिएको छ ।

गएको दशकयता भारत र यूएईले आपसी सम्बन्ध कसिलो पार्न खोजिरहेका छन् । तेल बाहेकको द्विपक्षीय व्यापारलाई बढाएर १ खर्ब डलरमा पुर्‍याउने लक्ष्य दुबैको छ ।

सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री बनेयता मोदी बारम्बार यूएई गएका छन् । हालैको उनको भ्रमण उनी प्रधानमन्त्री बनेयताको पाँचौं भ्रमण थियो । मोदीभन्दा अगाडि यूएई जाने भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी थिइन् । उनी सन् १९८१ मा यूएई गएकी थिइन् ।

आगामी वर्ष मोदी तेस्रो कार्यकालका लागि चुनावमा उत्रिँदैछन् । यस्तोमा उनी सकेसम्म धेरै लगानी भित्र्याउने दाउमा छन् । लगानी सम्झौता र घोषणाबारे अन्तिम निर्णय भने भइनसकेको स्रोतहरुलाई उद्धृत गर्दै ब्लुमबर्गले समाचार छापेको छ ।

स्रोत- एएनआई

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १२ : १२ बजे

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले