भूकम्पबाट अवरुद्ध सडक खुल्यो « Khabarhub

भूकम्पबाट अवरुद्ध सडक खुल्यो


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा बाटो खुलाइएको हो । भेरी करिडोरको जाजरकोटको खलंगाबाट नलगाडसम्मको सडक खुलाइएको छ ।

सडक डिभिजन चौरजहारीले जिल्लाका अरू सडक समेत खुलाएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाभित्रका सडक समेत खुलाइएको छ ।

राहत तथा उद्धारमा सहजता ल्याउन तत्काल सडक सञ्चालन गरिएको सडक डिभिजन चौरजहारीका प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।

राहत तथा पुनःस्थापनाका निम्ति सडक पहिलो आधार भएकाले तत्काल सडक खुलाइएको हो । मध्यपहाडी लोकमार्गमा रहेका सडक समेत खुलाइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ११ : ५५ बजे

रास्वपाको समानुपातिक सूचीप्रति डा. रामजी रामको असहमति, प्राइमरी इलेक्सनमाथि प्रश्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार डा. रामजी

नवलपुरमा स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी – पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्करपियोको

पुटिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन

एजेन्सी – युक्रेनले पुटिनको कुनै निवासमाथि ड्रोन आक्रमण गरेको कुनै

निर्वाचनमार्फत संविधानको रक्षा गरौँ : पूर्वमन्त्री भुसाल

पाटन– पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री पम्फा