टी २० विश्वकप एसियाली छनोट : सुपर ओभरमा धकेलिएको फाइनलमा नेपाल पराजित | Khabarhub Khabarhub

टी २० विश्वकप एसियाली छनोट : सुपर ओभरमा धकेलिएको फाइनलमा नेपाल पराजित


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुपर ओभरमा धकेलिएको आईसीसी टी २० विश्वकप क्रिकेटको एसियाली छनोटको फाइनल खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि हात पारेको हो । निर्धारित २० ओभरको खेल बराबरीमा टुङ्गिएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले २१ रन बनायो । बाइस रनको लक्ष्य पछ्याएको नेपालले पहिलो बलमा कुशल भुर्तेलको विकेट गुमायो । ओमानका लागि बिलाल खानले दोस्रो बल डट राखे भने तेस्रो र चौथो बलमा नेपालले एक/एक रन बटुल्यो ।

पाँचौ र छैँटौ बलमा कुशल मल्लले लगातर दुई चौका प्रहार गरे पनि नेपालको जीतका लागि त्यो पर्याप्त भएन र उपाधि ओमानले जित्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ८४ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

ओमान ओमानका लागि कश्याप प्रजापति ५२ बलमा ३ चौका र ४ छक्कासहित ६३ रन बनाए । कप्तान जिशान मकसुदले १८ बल खेल्दै दुई चौका र एक छक्का प्रहार गर्दै २६ रन बनाए । अकिब इल्यास १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रन बनाए भने प्रतीक अथावाले सात रन जोडे ।

नेपालका लागि सन्दीप लामिछाने र करन केसीले दुई/दुई विकेट लिए भने सोमपाल कामी, गुल्शन झा, अविनाश बोहोरा र विवेक यादवले एक/एक विकेट लिए ।

नेपालको इन्ङिसमा गुल्शन झाले २५ बलमा चार छक्का र पाँच चौकाको मद्दतमा ५४ रनको योगदान दिए । नेपालले पाँचौँ विकेटका रुपमा गुल्शनलाई गुमाएको थियो । त्यस्तै कप्तान पौडेलले अविजित ५२ रन बनाए । उनले ३७ बल खेल्दै पाँच चौका र दुई छक्काको मद्दतमा ५२ रन बनाए । नेपालले पहिलो विकेटका रुपमा आशिफ शेखलाई गुमायो । छ बल खेलेको आशिफले एक छक्का प्रहार गरे । बिलाल खानको तेस्रो ओभरको चौथो बलमा आसिफ शेख कश्यप प्रजापतिबाट क्याच आउट भए ।

त्यस्तै नेपालले दोस्रो विकेटका रुपमा सन्दीप जोरालाई गुमायो । सन्दीपले १० रन बनाए । उनले १३ बलमा एक चौका प्रहार गरे । जिसन मक्सुदको बलमा सन्दीप आउट भएका हुन् । यसैगरी कुशल भुर्तेललाई नेपालले तेस्रो विकेटका रुपमा गुमायो । कुशलले ३१ रन बनाए । उनले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।

उनी  अकिब इलियासको बलमा आउट भए । चौथो विकेटका रुपमा अकिब इलियासले कुशल मल्ललाई तीन रनमा आउट गरे । त्यसैगरी विवेक यादवले तीन रन बनाएर आउट भए भने करन केसीले अविजित २० रन जोडे ।

बलिङतर्फ ओमानका बिलाल खानले तीन विकेट लिए भने अकिब इलियासले दुई विकेट लिए । त्यस्तै  जिसन मक्सुदले  एक विकेट लिए । यसअघि भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  २ : ४३ बजे

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ 

झापा– झापामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । कनकाई

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी

५२ संवैधानिक पदाधिकारी नियुक्त विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं– संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन