नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट « Khabarhub

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २६ दशमलव २३ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३६ अङ्कले ओरालो लागेर तीन सय ५२ दशमलव ३९ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज एक उपसमूहको शेयर मूल्य उकालो लाग्दा १२ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । नेप्सेका अनुसार विभिन्न कम्पनीका कूल ३५ लाख ५८ हजार पाँच सय ५४ कित्ता शेयर रु ९७ करोड २३ लाख ६७ हजार दुई सय ७८ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबार रकमका आधारमा नबिल बैंकको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड ६० लाख ८० हजार बराबरको कारोबार भयो । ग्लोबल आइएमई बैंक रु तीन करोड १७  लाख ७९ हजार आठ सय ७४, एनआइसी एशिया बैंक रु तीन करोड तीन लाख ८० हजार दुई सय १०, हिमालयन डिस्टिलरी रु दुई करोड ८९ लाख ५९ हजार चार सय २४ र नवील बैंक रु दुई करोड ८७ लाख ५२ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार एनआइसी एशिया लघुवित्त छ दशमलव ९७, तारागाउँ रिजेन्सी होटल पाँच दशमलव ४७, माया खोला हाइड्रोपावर चार दशमलव २५, एशियन हाइड्रोपावर तीन दशमलव ७५ र नेशनल लघुवित्तका लगानीकर्ताले दुई दशमलव ५७ प्रतिशतले कमाएका छन् । हिमालयन लघुवित्त १०, बाराही लघुवित्त सात दशमलव ९८, युनाइटेड आइडीआइ मर्दी हाइड्रोपावर छ दशमलव ७६, नवील ब्यालेन्स फण्ड दोस्रो पाँच दशमलव ७३ र सबैको लघुवित्तका लगानीकर्ताले पाँच दशमलव ५६ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ३ : ५८ बजे

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।

काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको मृत्यु 

काठमाडौं– काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ