टिकटकमा समाजिक सद्भाव भड्काउने पोष्ट बढ्न थालेपछि सरकारको कडाइ « Khabarhub

टिकटकमा समाजिक सद्भाव भड्काउने पोष्ट बढ्न थालेपछि सरकारको कडाइ


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- समाजिक सञ्जाल टिकटकमार्फत समाजिक सद्भाव भड्काउने पोष्टहरू बढ्न थालेको भन्दै सरकारले कडाइ गरेको छ । गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै अब टिकटकमा घृणा र द्वेष फैलाउने प्रकृतिका सामग्री पोष्ट गरे स्वतः हट्ने व्यवस्था गर्न लागिएको जानकारी दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जाल टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्री राख्ने र त्यस्ता कार्य गर्ने व्यक्ति पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन लागिएको जनाइएको छ ।

सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै कतिपय अवस्थामा व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्र हितमा प्रतिकूल असर पार्नेलगायतका दुष्प्रभाव सिर्जना गर्ने भएकाले यस्तो व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जिम्मेवार नागरिकको रूपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरेको छ । अन्यथा गैरकानुनी कार्य गरेबापत हुने कानुनी कारबाहीबाट बच्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ६ : ५६ बजे

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले