अमेरिकाको औपचारिक भ्रमण पूरा गरी परराष्ट्रमन्त्री साउद स्वदेश फिर्ता « Khabarhub

अमेरिकाको औपचारिक भ्रमण पूरा गरी परराष्ट्रमन्त्री साउद स्वदेश फिर्ता


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको औपचारिक भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री एनपी साउद स्वदेश फर्केका छन् ।

अमेरिकी समकक्षी एन्टोनी जे. ब्लिन्केनको निमन्त्रणामा मन्त्री साउद वासिङटन गएका थिए । उनी आइतबार साँझ स्वदेश फर्केका हुन् । अमेरिकामा रहँदा उनले अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

अमेरिका भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी जे ब्लिन्केनसँग वासिङ्टन डीसीमा भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा अमेरिकी समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिएको, मुलुकको आर्थिक विकासका लागि छलफल भएको उनले जानकारी दिए । त्यस्तै एमसीसी कार्यान्वयनमा दुबै टोलीले जोड दिएको उनले बताए ।

साउद नेतृत्वको प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीहरुका साथै नेपालस्थित एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष रहेका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : ३६ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल