नक्कली कागजात बनाउने गिरोह सार्वजनिक | Khabarhub Khabarhub

नक्कली कागजात बनाउने गिरोह सार्वजनिक


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विदेश जान आवश्यक पर्ने श्रम स्वीकृति लगायतका नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका चार जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुलाई टोखा र स्वयम्भूमा सञ्चालित कारखानामा छापा मारी पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ ।

नवलपुर मध्यविन्दु नगरपालिका–५ घर भएका ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखा सिरान चोक गाउँपालिका–८ घर भई हाल टोखा बस्ने ३४ वर्षीय भक्तबहादुर थापा, काठमाडौँ महानगरपालिका–१ नक्साल बस्ने ३८ वर्षीय दीपक केसी र सल्यान रामपुर कालिमाटी गाउँपालिका–३ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–इचङ्गुनारायण बस्ने ४२ वर्षीय बलबहादुर रावत रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीले जानकारी दिए ।

नायब उपरीक्षक पन्थीका अनुसार विदेश जान लागेका व्यक्तिका कागजात शङ्कास्पद रहेको भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कात्तिक १२ गते पठाइएका कागजातमध्ये सुजल हेङगजुको नामको श्रम स्वीकृति नक्कली देखिएकामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको थियो ।

हालसम्म नौ जनालाई प्रहरीले पक्राउ गरेको जानकारी पनि दिइएको छ । उनीहरूमध्ये सल्यान घर भएका बलबहादुर रावतले टोखामा फ्ल्याट भाडामा लिएर कारखाना सञ्चालन गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रवक्ता रेग्मीका अनुसार स्वयम्भूमा दीपक केसीले प्लसटुको नक्कली कागजात बनाउने कारखाना नै सञ्चालन गरेका थिए । उनीहरुले प्रहरी रिपोर्ट, श्रम स्वीकृति, प्लसटुको सर्टिफिकेट र नाता प्रमाणित पनि नक्कली बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको प्रवक्ता रेग्मीले बताए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक पन्थी नेतृत्वको टोलीले लामो अनुसन्धानपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको बताइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : ३९ बजे

नेपाल र अर्मेनियाको चेम्बरबीच व्यापारमा सहकार्यको सहमति

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स

कतारबाट अवैध रूपमा ल्याएको सुन धनीलाई नदिन अपहरणको नाटक !

काठमाडौं– अवैध रूपमा ल्याएको सुन धनीलाई नदिन अपहरणको नाटक गरेको

रोजगारीको लागि १० महिनामा ५ लाख ७६ हजारबढी विदेशिए, सबैभन्दा बढी मलेसिया 

काठमाडौं– चालु आर्थिक वर्षको १० महिना अर्थात् बैशाख मसान्तसम्ममा ५

संसद्‍मा तनावको दोष कांग्रेसले सभामुख घिमिरेलाई लगायो

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख पार्टी नेतृत्वको निर्देशनमा चल्नु

जब धनराज गुरुङ नाराबाजी गर्दै केपी ओलीसँग खनिए… (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका