इजरायलमा फसेका नागरिकको उद्धार गर्न बेवास्ता गरेको भन्दै चीनको आलोचना बढ्दै | Khabarhub Khabarhub

इजरायलमा फसेका नागरिकको उद्धार गर्न बेवास्ता गरेको भन्दै चीनको आलोचना बढ्दै


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- द्वन्द्वग्रस्त मुलुक इजरायलमा फसेका आफ्ना नागरिकको उद्धार गर्न बेवास्ता गरेको भन्दै चीनको आलोचना सुरु भएको छ । गत अक्टोबर ७ मा हमासको आक्रमणसँगै द्वन्द्व सुरु भएपनि आफ्ना नागरिकको उद्धार गर्न बेवास्ता गरेको भन्दै चीनको आलोचना सुरु भएको हो ।

चीन सरकारले इजरायलमा असुरक्षित रुपमा रहेका आफ्ना नागरिकलाई आफ्नै खर्चमा टिकट काटेर स्वदेश फर्कन आग्रह गरेको छ ।

भ्वाइस अफ अमेरिकाका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनका क्रममा इजरायमा फसेका आफ्ना नागरिकलाई स्वदेश फर्किने व्यवस्था आफैँ गर्न आग्रह गरेपछि आलोचना भएको छ ।

अमेरिका, अर्जेन्टिना, ताइवानजस्ता मुलुकले भने तत्परता देखाउँदै इजरायलमा फसेका आफ्ना नागरिकको उद्धारमा लागि परेका छन् ।

चिनियाँ विदेश मन्त्रालयको आग्रहसँगै इजरायलमा रहेका चिनियाँ नागरिकहरु क्रुद्ध भएको भ्वाइस अफ अमेरिकाले जनाएको छ । उनीहरुले इजरायलमा रहेको चिनियाँ दूतावासबाट पनि आफूहरुले कुनै सहयोग प्राप्त नगरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १२ : ५४ बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ