भगौडा पक्राउ गर्न क्यानाडाले चीनलाई सहयोग गर्ने गरेको खुलासा « Khabarhub

भगौडा पक्राउ गर्न क्यानाडाले चीनलाई सहयोग गर्ने गरेको खुलासा


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

टोरन्टो- चीनबाट भागेर आएकाहरुलाई पक्राउ गर्नका लागि क्यानाडाले चीनलाई सहयोग गर्दै आएको पाइएको छ ।

क्यानाडा ब्रोडकास्टिङ कर्पोरेशन (सीबीसी) ले जारी गरेको खोजमूलक रिपोर्टमा चीनबाट भागेर क्यानाडा आएकाहरुलाई चीनतर्फ फर्काउनका लागि क्यानाडाका कानून कार्यान्वयन एकाईहरुले मद्दत गर्ने गरेको उल्लेख छ ।

क्यानाडाको ब्रिटिश कोलम्बियामा शाही माउन्टेड प्रहरीका पूर्वअधिकारी काल्भिन क्रुस्टीले एक अन्तरवार्तामा चिनियाँहरुलाई पक्राउ गर्नका लागि चिनियाँ अधिकारीहरुसँग समन्वय गर्नका लागि आफूलाई ‘उच्च तह’ बाट निर्देशन आएका बताएका छन् ।

उनले भ्यान्कुभर क्षेत्रमा रहेका उच्च चिनियाँलाई पक्राउ गर्नका लागि चिनियाँ अधिकारीलाई ‘सहयोग गर्न एवम् समन्वय गर्न’ निर्देशन प्राप्त भएको जनाएका हुन् ।

यद्यपि उनले आफूले चिनियाँ अधिकारीहरुसँग छलफल गर्न अस्वीकार गरेका बताए । यसबारे क्यानाडाका जनसुरक्षामन्त्री डोमिनिक लेब्लांकले टिप्पणी गर्न नचाहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  २ : ०३ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र