आजको मौसम कहाँ, कस्तो छ ?  « Khabarhub

आजको मौसम कहाँ, कस्तो छ ? 


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मुलुकमा उत्तर प्रदेशको आसपास रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

अहिले लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

कोसी, मधेश, बागमती, लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनुका साथै बाँकी भागको मौसम सफा रहने छ ।

आज राति कोसी प्रदेशलगायतका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वर्षा र हिमपातसँगै देशभरको तापक्रम घट्ने क्रममा रहेकाले यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ६ : ०९ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल