नेपाल सुपर लिग : आज ललितपुर र वीरगञ्ज खेल्ने  « Khabarhub

नेपाल सुपर लिग : आज ललितपुर र वीरगञ्ज खेल्ने 


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणमा आज ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । आजको खेलमा ललितपुर जित निकाल्दै शीर्षस्थानमा उक्लने लक्ष्यमा रहँदा वीरगञ्ज पहिलो जितको खोजीमा हुनेछ ।

आज ललितपुरले चौथो खेल खेल्दैछ भने वीरगञ्जले तेस्रो खेल खेल्नेछ । यसअघिका तीन खेलमा ललितपुरले धनगढी र पोखरासँग बराबरी खेलेको थियो भने बुटवललाई पराजित गरेको थियो । योसँगै ललितपुर ५ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । 

यस्तै धनगढी र चितवनसँग पराजित भएको वीरगञ्ज आज पहिलो जित निकाल्ने योजनामा रहेको छ । वीरगञ्ज अंकविहीन रहँदै तालिकाको पुछारमा छ । शीर्षस्थानमा रहेको धनगढीको ७ अंक छ । 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ६ : ४६ बजे

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि