एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्ने « Khabarhub

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्ने


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकमा महाधिवेशनको मिति तय तथा अन्तर पार्टी निर्देशनको विवाद र राष्ट्रियसभाको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

हिजोको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो ।  तर महाधिवेशनको मितिमा अनिर्णीत भएपछि बैठक आजका लागि पनि बोलाइएको हो ।

माघ १४ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन सार्न सहमत भए पनि मितिका बारेमा अझै टुंगो लागेको छैन ।  आजको बैठकले यसबारे टुंगो लगाउने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुने भए पछि माघ १४ गते हुने भनिएको महाधिवेसन सम्भवः नहुने भन्दै अध्यक्ष माधव नेपालले मिति सार्ने प्रस्ताव गरेका छन् । 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ७ : २३ बजे

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

काठमाडौं– रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनको अपूरणीय क्षति

भोटेकोसी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं– भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यथापनका लागि नेपाली

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा