गाजा–इजरायल युद्धमा ६३ पत्रकार मारिए : सीपीजे « Khabarhub

गाजा–इजरायल युद्धमा ६३ पत्रकार मारिए : सीपीजे


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

गाजा– गत अक्टोबर ७ देखि सुरु भएको हमास–इजरायल युद्धका क्रममा अहिलेसम्म ६३ जना सञ्चारकर्मी मारिएका छन् । पत्रकार संरक्षण समिति (सीपीजे)ले डिसेम्बर ४ सम्मको तथ्यांक अनुसार यो संख्या देखिएको जनाएको छ ।

अल कुड्स टिभीका हसन फराजल्लाह र दक्षिणी गाजाको रफाहमा इजरायली हवाई हमलामा आफ्ना परिवारका सदस्यहरूसँगै मारिएका अल मजेदत नेटवर्कका पत्रकार शिमा अल गज्जरको मृत्युसमेत समावेश छ।

यसरी मारिने पत्रकारमा ५६ प्यालेस्टाइनी, चार इजरायली र तीन लेबनानी रहेको बताइएको छ ।

सीपीजेको मध्य पूर्व र उत्तर अफ्रिका कार्यक्रम संयोजक शेरिफ मन्सुरले भने, ‘सीपीजेले पत्रकारहरू संकटको समयमा महत्त्वपूर्ण काम गर्ने नागरिकहरू हुन् र युद्धरत पक्षहरूद्वारा लक्षित हुनु हुँदैन भन्ने कुरामा जोड दिन्छ।’

 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ९ : ४३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले