हुम्ला– चार दिनदेखि बेपत्ता भएका सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृत अवस्थामा फेला परेका छन् ।
हुम्लाको सर्केगाड गाउँपालिका– ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको भनाइ छ ।
फडेरा गत शुक्रबारदेखि बेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए । आफन्तले सोमबार दिउँसो मृत अवस्थामा फेला परेका हुन् । मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । थप विवरण बुझ्न र मुचुल्का गर्नका लागि सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ ।
मुचुल्कापछि आज बाजुराको सामुदायिक स्वास्थ्य केन्द्र कोल्टीमा शव परीक्षणका लागि लैजाने प्रनाउ खनालले जानकारी दिए ।
प्रतिक्रिया