एनसेललाई कारबाही गर्न संयुक्त विद्यार्थी संगठनको माग (विज्ञप्तिसहित) « Khabarhub

एनसेललाई कारबाही गर्न संयुक्त विद्यार्थी संगठनको माग (विज्ञप्तिसहित)


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न विद्यार्थी सङ्गठनहरूले एनसेल माथि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

आज एक संयुक्त विज्ञप्‍ति जारी गर्दै विद्यार्थी सङ्गठनहरूले एनसेलले नेपालको कर प्रणाली छलेर शेयर खरिदबिक्री गरेको र यसबारे नियमनकारी निकायलाई जानकारी नदिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल अनुसन्धान गरी आवश्यक कारबाही गरिनुपर्ने माग गरेका छन् ।

विज्ञप्तिमा कानुन बमोजिम नेपाल सरकारको स्वामित्वमा आउने सुनिश्चित हुँदाहुँदै अनुमति र स्वीकृति प्रदान गर्ने निकायहरूले देखाएको उदासिनता माथि पनि सरकारले कारबाही अघि बढाउनुपर्ने उल्लेख गरिएको छ ।

नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल छैठौँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी देशको सुशासन, विकासअग्रगतीलाई बाधा पुर्‍याउन उद्धत एनसेलका सम्पूर्ण कारोबारीहरूलाई तत्काल रोकेर अनुसन्धान र कारबाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ ।’

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १ : ०७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको