एनसेललाई कारबाही गर्न संयुक्त विद्यार्थी संगठनको माग (विज्ञप्तिसहित) « Khabarhub

एनसेललाई कारबाही गर्न संयुक्त विद्यार्थी संगठनको माग (विज्ञप्तिसहित)


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न विद्यार्थी सङ्गठनहरूले एनसेल माथि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

आज एक संयुक्त विज्ञप्‍ति जारी गर्दै विद्यार्थी सङ्गठनहरूले एनसेलले नेपालको कर प्रणाली छलेर शेयर खरिदबिक्री गरेको र यसबारे नियमनकारी निकायलाई जानकारी नदिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल अनुसन्धान गरी आवश्यक कारबाही गरिनुपर्ने माग गरेका छन् ।

विज्ञप्तिमा कानुन बमोजिम नेपाल सरकारको स्वामित्वमा आउने सुनिश्चित हुँदाहुँदै अनुमति र स्वीकृति प्रदान गर्ने निकायहरूले देखाएको उदासिनता माथि पनि सरकारले कारबाही अघि बढाउनुपर्ने उल्लेख गरिएको छ ।

नेविसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन नेपाल र अखिल छैठौँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी देशको सुशासन, विकास र अग्रगतीलाई बाधा पुर्‍याउन उद्धत एनसेलका सम्पूर्ण कारोबारीहरूलाई तत्काल रोकेर अनुसन्धान र कारबाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ ।’

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १ : ०७ बजे

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा