म्याग्दीमा धान र कोदो उत्पादन बढ्यो « Khabarhub

म्याग्दीमा धान र कोदो उत्पादन बढ्यो


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीमा यसवर्ष धान र कोदोको उत्पादन बढेको छ । गत वर्षको तुलनामा धान उत्पादन चार दशमलव ३४ प्रतिशत र कोदो उत्पादन शून्य दशमलव ६५ प्रतिशतले उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

अनुकूल मौसम, रोगकीराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा धान र कोदो उत्पादन बढेका केन्द्र प्रमुख सञ्जीव बाँस्तोलाले बताएका छन् । गतवर्ष म्याग्दीमा तीन हजार दुई सय ५० मेट्रिकटन कोदो र ११ हजार नौ सय २९ दशमलव ३३ मेट्रिकटन धान उत्पादन भएको थियो । 

केन्द्रका प्राविधिक सहायक सम्झना आचार्यले यसवर्ष प्रतिहेक्टर धानको उत्पादकत्व तीन दशमलव दुई र कोदोको उत्पादकत्व एक दशमलव दुई मेट्रिकटन भएको जानकारी दिएका छन् । तीन हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा १२ हजार चार सय ४८ मेट्रिकटन धान र दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा तीन हजार तीन सय मेट्रिकटन कोदो उत्पादन भएको उनको भनाइ छ । 

“जिल्लाका विभिन्न ठाउँमा गरिएको धान र कोदो बालीको क्रप कटिङ विधिबाट उत्पादनको अवस्थाका विषयमा अध्ययन गरेका थियौँ”, आचार्यले भने, “धान र कोदो दुवैको उत्पादकत्व बढेको छ ।” यहाँ गौरी, जेठो बुडो, जर्नेली, पहेँलो, मार्सी, ताकमारे, भट्टे  र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती गर्ने गरिएको छ । 

लेकाली क्षेत्रका किसानले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती हुन्छ । कोदो भने स्थानीय जातको खेती हुनेगर्छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको प्रायजसो क्षेत्रमा धान खेती हुन्छ । जिल्लाको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भुरुङ-तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धानखेती हुँदै आएको छ । 

यी क्षेत्र धान उत्पादनका हिसाबले पकेटक्षेत्र मानिन्छन् । धवलागिरि गाउँपालिकाको गुर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान उत्पादन हुँदैन । म्याग्दी जिल्लामा कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरमा मात्रै खेती गरिएको छ ।

 खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन छ । यसमध्ये १६ सय ८० हेक्टरमा बाह्रैमहिना सिँचाइ हुन्छ भने भमर हजार तीन सय ३३ हेक्टरको जमिनमा मौसमी सिँचाइ हुने गरेको छ । 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ३ : १७ बजे

उदयपुर सिमेन्टमा क्लिङ्कर हिनामिना : तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको

पत्रकार सिटौलाको शव पोस्टमार्टमका लागि लगियो शिक्षण अस्पताल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र ५ का प्रतिनिधि

अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ दिवस : मुख्यसचिवसहित छ जना सम्मानित

काठमाडौं– काठमाडौंस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही